नर्भिकमा पुस महिनाभरी मूत्रथैलीको पत्थरी निकाल्दा २० प्रतिशत छुट



Download our app to get more features

काठमाडौं,११ पुस । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा पुस महिनाभरी मूत्रथैलीमा भएको पत्थरीको शल्यक्रियामा २० प्रतिशत छुट हुने भएको छ । 

अस्पतालले मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्नका लागि गरिने विविध शल्यक्रियाहरुको साबिकको शुल्कमा २० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो । 

नर्भिकमा घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मृगौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि उपलब्ध छ । 

नर्भिक अस्पतालले योसँगै पुस महिनाका प्रत्येक शनिवार यूरोलोजी टिमको निःशुल्क ओपिडी सेवा समेत संचालन गरिरहेको छ । 

त्यस्ता ओपिडी सेवामा आएर स्वास्थ्य जाँच गराउने बिरामीहरुको शल्यक्रिया गर्नुपरे सहुलियत उपलब्ध गराइने यसअघि नै घोषणा भएको थियो । सोही अनुसार बिरामीहरुले घोषित सहुलियत समेत पाइरहेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts