नेपाल मेडिकल कलेजमा ओपिडी र इमरजेन्सी १ महिनासम्म निःशुल्क



Download our app to get more features

काठमाडौं,१२ पुस । नेपाल मेडिकल कलेजले एक महिनासम्म विभिन्न सेवाहरुमा शतप्रतिशत छुट दिने भएको छ । 

जोरपाटी अत्तरखेल स्थित कलेजले स्वास्थ्य सेवा तर्फ उपचारार्थ आउने विरामीहरुलाई एक महिनासम्म छुट दिने घोषणा गरेको हो ।

कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीले गरिब, असहाय तथा कमजोर आर्थिक अवस्था भएका विरामीलाई लक्षित गर्दै सवै प्रकारका जनरल वेडहरु निःशुल्क गरिएको बताए । 

कलेजले पुस १५ गतेदेखि माघ १५ गतेसम्म इमरजेन्सी, ओपिडी र जनरल वेडहरुमा भर्ना शुल्क शतप्रतिशत छुट गरेको हो ।

कलेजका अनुसार अस्पतालको २३ वेड आईसीयु थपिने छ। अहिले अस्पतालमा ७७ बेड आईसीयु सञ्चालनमा छ । २३ वेड आईसीयु थपिएसँगै अस्पतालमा आईसीयु बेडको संख्या एक सय पुग्नेछ। अस्पतालका अनुसार आगामी वर्षभित्र मेडिकल कलेजले अस्पतालमा क्याथल्याब सेटपअ गरेर सञ्चालनमा ल्याउनेछ।

अहिले अस्पतालमा १ सिटी स्क्यान र १ एमआरआई मेसिन रहेका छन् । अस्पतालमा ५ वटा अल्ट्रासाउण्ड, १ वटा टेस्लाको एमआई र १ सिटी स्क्यान थपिने अस्पतालले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts