पेटमा देखिने समस्या र जोगिने उपायबारे जानौं...



Download our app to get more features

पेट भन्नाले छाती र खुट्टा बिचको शरीरको भाग बुझिन्छ । यसैमा छाला मांसपेशी र अन्य अङ्गहरू पाचनप्रणाली, कलेजोल, पित्तथैली, प्याङ्क्रियाज, मिर्गाैला, युटेर्रस, पिसापथैली, स्त्रीका प्रजनन् अङ्ग, रक्तनली आदी पर्दछन् ।

यी मध्ये कुनै अङ्गमा समस्या भएमा पेट दुख्न सक्दछ । साथै नजिकको अङ्ग जस्तै फोक्सो, मुटु, अण्डकोषको कारणले पनि पेट दुख्न सक्दछ । त्यस्तै मानसिक तनाव र माइग्रेनको कारणले पनि पेट दुख्ने हुन सक्छ । 

पेटमा कस्ता खालका समस्याहरू देखिन सक्छन् ?
१.
पेट दुख्ने ।
२.मुटु पोल्ने ।
३.मुखमा अमिलो पानी आउने ।
४.कब्जियत हुने ।
५.झाडापखाला हुने ।
६.दिशा रोक्न नसक्ने ।
७.वाकवाकी लाग्ने, वान्ता हुने ।
८.रगत वान्ता हुने वा दिशा कालो वा दिशामा रगत देखिने ।
९.आँखा पहेलो हुने, चिलाउने ।

कस्तो अवस्थामा चिकित्सकको परामर्श लिने ?
१.
सहन नसक्ने दुखाइ भएमा वा छाती पनि दुखेमा ।
२.खाना निल्न गाह्रो भएमा ।
४.तौल घटेमा ।
५.रगत वान्ता वा दिशा कालो वा दिशामा रगत देखिएमा ।
६.पटकपटक वान्ता भएमा वा पखाला लागेमा ।
७.धेरै पेट फुलेमा वा पाद नगएमा
८.नयाँ कब्जियत भएमा ।
९.आँखा पहेलो भएमा । 

किन हुन्छ ग्यास्ट्रिक ?
ग्यास्ट्रिक भनेको नाइटोमाथि छातीमुनि पेटमा हुने दुखाइ वा असजिलोपन हो । ग्यास्ट्रिकको समस्या खाना खाने बेलामा वा खाना खाइसकेपछि यो बढी मात्रामा महसुस हुन्छ । 

नेपालमा हामीले सोचेजति ग्यास्ट्रिक हुने गरेको देखिदैन् । यसको बारेमा अनुसन्धान हुन जरुरी छ । सामान्यतया हामीले जिउ दुखेमा, टाउको दुखेमा वा अन्य समस्या भएमा पनि ग्यास्ट्रिकले भएको भन्ने गरेका छौ । तर त्यसो नहुन पनि सक्छ । 

ग्यास्ट्रिकको ७० प्रतिशत कारणहरू थाँहा हुँदैन । जसलाई फक्सनल डिसपेन्सीया भनिन्छ । बाँकी ३० प्रतिशत कारणहरू ग्यास्ट्रिकको अल्सर, ग्यास्ट्रो स्पेजर रिफ्लन डिजिज, ग्यास्ट्रिक क्यान्सर, पीत्तथैली र पीत्तनलीको समस्या आदि हुन् ।  

ग्यास्ट्रिकको अल्सर दुई वटा कारणहरूले हुने गरेको देखिन्छ । ती मध्ये एउटा कारण हो स्पाइडल ब्याक्टल इन्फेक्सन हो भने अर्को दुखाइ कम गर्ने औषधकिो बढी प्रयोग । 

ग्यास्ट्रिक हुन नदिन के गर्ने ?
ग्यास्ट्रिक हुन नदिन सर्वप्रथम हामीले हाम्रो दैनिक जीवनमा परिवर्तन गर्न जरुरी छ । समयमा खाने, समयमा सुत्ने, समयमा उठ्ने, दैनिक कसरत गर्ने, जाडरक्सी सुर्तिजन्य पदार्थ, कार्बोनेटेट पेय पदार्थ, पोलेको मासु र दुखाइ कम गर्ने औषधिहरूको प्रयोग धेरै गर्नु हुँदैन । 

त्योसँगै बेलुकाको खाना हलुका खाने र खाना खाएको २ देखि ३ घण्टा पछाडी सुत्नु राम्रो हुन्छ । यसले मुटु पोल्ने, मुखमा अमिलो पानी आउनेलाई कम गर्दछ । 

पानी प्रशस्त मात्रामा पिउनु पर्दछ । मानसिक समस्या कम गर्नका लागि योग गर्दा राम्रो हुन्छ । जसले ७० प्रतिशत थाँहा नभएको ग्यास्ट्रिकका कारणलाई कम गर्न मद्दत पुर्याउँछ । 

ग्यास्ट्रिक भएकोले के खाने के नखाने ?
ग्यास्ट्रिकको सम्बन्ध सिधा खानासँग हुँदैन । आफूलाई जुन कुरा खाँदा सहज हुन्छ त्यहि कुरा खाँदा हुन्छ । तर, धेरै चिल्लो, पिरो, कफी, चक्लेट जनस्ता खानेकुराहरू नखाँदा राम्रो । बढी पेट ढुस्स हुने समस्या छ भने बन्दा, काउली गेडागुडी नखाँदा राम्रो । 

हाम्रो नेपाली समाजमा ग्यास्ट्रिक भएकोले विशेष खाना खानुपर्दछ, खाली पेट बस्न हुँदैन, चिल्लो पिरो खान हुँदैन भन्ने प्रचलन छ । तर, त्यसमा कुनै सत्यता छैन् । ग्यास्ट्रिक भएकाले आफूले खान सक्ने खानेकुराहरू खाँदा हुन्छ । पानी धेरै पिउने गर्नुपर्दछ ।

Last modified on 2022-01-10 15:15:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts