कोरोना सङ्क्रमणदर बढेपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू छलफलको तयारीमा



Download our app to get more features

काठमाडौं, २६ पुस । कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू छलफलको तयारीमा जुटेका छन् ।

कोभिड १९ सङ्कट व्यवस्थापन तथा समन्वय केन्द्र (सीसीएमसीसी) ले आइतवार विद्यालय बन्द, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने लगायतका १३ बुँदे सिफारिस सरकारलाई गरेपछि प्रमुख जिल्ला अधिकारीहरू छलफलको तयारीमा जुटेका हुन् । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सीसीएमसीसीले केही सिफारिस गृह मन्त्रालयमा पनि गरेको र मन्त्रालयको निर्णय आएपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने हाम्रो डक्टर न्यूजलाई बताइन् । 

उनले बैठक कतिबेला र कहिले बस्ने भन्ने यकिन भइनसकेको भन्दै सरकारको निर्णयलाई कुरिरहेको बताइन् । 

प्रजिअ शर्माले काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेको अवस्थामा सङ्क्रमण रोक्न तथा जोखिम न्यूनीकरणका लागि अपनाइने उपाय लगायतका विषयमा बैठकमा छलफल हुन सक्ने सम्भावना रहेको पनि उल्लेख गरिन् ।

Hamro Doctor
Last modified on 2022-01-10 07:48:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts