अस्ट्रियामा अनिवार्य खोपको व्यवस्था सम्बन्धी विधेयक पारित, खोप नलगाए ३६ सय डलर तिर्नुपर्ने



Download our app to get more features

एजेन्सी, ८ माघ । अस्ट्रिया सरकारले अनिवार्य खोपको व्यवस्था सम्बन्धी विधेयक संसद्बाट पारित गरेको छ । 

जस अनुसार अब खोप नलगाउने व्यक्तिलाई ३ हजार ६ सय डलर जरिवाना तिर्नुपर्ने हुन्छ । सरकारले जारी गरेको यो व्यवस्था फेबु्रअरी १ बाट सबैका लागि लागू हुने बताइएको छ । 

सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विधेयक तल्लो सदनबाट पारित भइसकेको छ । 

माथिल्लो सदनबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षर गरेपछि विधेयकले कानुनको रुप लिनेछ । खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ । 

अस्ट्रिया सरकारले खोप नलगाएकाहरूलाई खोप लगाउनका लागि प्रोत्सहान गर्न १ अर्ब ४० करोड डलर खर्च लाग्ने अनुमान गरेको छ । अस्ट्रियामा हालसम्म ७२ प्रतिशतले कोरोनाविरुद्ध पूर्ण खोप लगाइसकेका छन् । 

यसैबीच, उग्र दक्षिणपन्थी फ्रिडम पार्टीले भने सरकारको विरोध गरेको छ । खोपविरोधी अल्पसङ्ख्यक खेमामा नेतृत्व गरिरहेको पार्टीले सरकारले लागू गर्न लागेको अनिवार्य खोप सम्बन्धी व्यवस्थाको विरूद्धमा प्रदर्शन सुरु गरेको छ ।

Last modified on 2022-01-23 07:08:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts