ब्लु क्रसमा दूरबिन प्रविधिबाट पटक पटक कुमको जोर्नी झर्ने समस्याको सफल शल्यक्रिया 



Download our app to get more features

काठमाडौं,२६ माघ । काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा दूरबिन प्रविधिबाट पटक पटक कुमको जोर्नी झर्ने समस्याको सफल शल्यक्रिया गरिएको छ । 

अस्पतालमा दूरबिन प्रविधिबाट पटक पटक कुमको जोर्नी झर्ने समस्याको शल्यक्रिया गरिएको यो पहिलो चोटि हो । विगत ५ वर्षदेखि कुमको जोर्नी खुस्कीने समस्या भोगिरहेकी सिन्धुलीकी ३७ वर्षकी सुनिता थापाको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । 

अर्थोपेडिक स्पोर्टस सर्जन डा.सरोज राईको नेतृत्वमा शल्यक्रिया गरिएको हो । आर्थोस्कोपिक व्याङकार्ट रिपेयर विधिबाट गरिएको शल्यक्रिया २ घण्टा ३० मिनेटमा सकिएको राईले बताए । 

अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको र बिहीबार डिर्चाज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।  

Last modified on 2022-02-09 13:10:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts