ब्लु क्रसमा डा.रंगीनाद्वारा २० वर्षीय किशोरीको दूरबिनबाट पाठेघरको फाइब्रोइड ट्युमरको सफल शल्यक्रिया



Download our app to get more features

काठमाडौं,२८ माघ । काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा १० सेन्टिमिटर लामो युटेरस फाइब्रोइड ट्युमरको शल्यक्रिया गरिएको छ । 

म्याग्दी जिल्ला घर भएकी २० वर्षीय प्रतिक्षा केसीको दूरबिन प्रविधिबाट युटेरस फाइब्रोइड ट्युमरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । केसी आफ्नो स्वास्थ्य समस्या लिएर अस्पताल आएकी थिइन त्यसै क्रममा उनलाई युटेरस फाइब्रोइड ट्युमर भएको पत्ता लागेको थियो । 

स्त्री रोग विशेषज्ञ डा.रंगीना लाइकाङ्गबामको नेतृत्वमा शल्यक्रिया गरिएको हो । युटेरस फाइब्रोइड ट्युमर २० वर्षको उमेरमा निकै कम व्यक्तिमा देखिने लाइकाङ्गबामले बताइन । 

बिरामीको स्वास्थ्य अवस्था सामान्य भई डिर्चाज गरिसकेको अस्पतालले जनाएको छ ।


 

Last modified on 2022-02-11 14:58:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts