ह्याम्स अस्पतालमा चैत ६ गतेबाट इमर्जेन्सी नर्सिङ तालिम हुने 



Download our app to get more features

काठमाडौं,९ फागुन । ह्याम्स अस्पतालमा यहि चैत ६ गतेबाट तीन महिने इमर्जेन्सी नर्सिङ तालिम सुरु हुने भएको छ । अस्पतालले नीजि क्षेत्रबाट नेपालमै पहिलोपटक तीन महिने इमर्जेन्सी नर्सिङ तालिम सुरु गर्न लागेका हो । 

अस्पतालको इमर्जेन्सी सबैभन्दा महत्वपूर्ण विभाग रहेको र  त्यहाँ काम गर्ने नर्सहरुले सबै खालका इमर्जेन्सी बिरामी हेर्नुपर्ने साथै गुणस्तरीय सेवा दिनुपर्ने हुँदा त्यसलाई  दृष्टिगत गर्दै तालिम गर्न लागेको अस्पतालले जनाएको छ । 

सोसाइटी अफ इमर्जेन्सी नर्सेस अफ नेपालसँगको सहकार्यमा पहिलो चरणमा ३० जना नर्सलाई तालिम दिन लागिएको अस्पतालले बताएको छ । तालिममा सहभागी हुनका लागि यहि फागुन २५ गतेभित्र फारम भरिसक्नुपर्ने अस्पतालले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts