क्रिष्टल डाइग्नोस्टिक ल्याबले पायो आइएसओ सर्टिफाई



Download our app to get more features

काठमाडौं, १० फागुन । काठमाडौंको सिनामंगलमा रहेको क्रिष्टल डाइग्नोस्टिक ल्याबले आइएसओ सर्टिफाई मान्यता प्राप्त गर्न सफल भएको छ। 

सरकारबाट ए ग्रेड मान्यता पाएको यो ल्याबले अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिदैँ आइरहेको छ। अमेरिकन र युरोपियन प्रविधिबाट बनाइएको ल्याबमा अत्याधुनिक स्तरका मेसिनहरू छन्।

ल्याबका प्रबन्ध निर्देशक रवीन्द्र केसीका अनुसार क्रिष्टल डाइग्नोस्टिक ल्याबले विदेशी ल्याब सरह प्याथोलोजी सेवा प्रदान गर्दै आएको छ । क्रिष्टल डाइग्नोस्टिकले एक वर्षे यात्रामा एक लाखभन्दा बढी पिसिआर र ५० हजारलाई प्याथोलोजी सेवा दिइसकेको छ ।

क्रिष्टल डाइग्नोस्टिक ल्याब दुबई नागरिक उड्यन प्राधिकरणले नेपालमा र्‍यापिड पिसिआरका लागि अनुमति दिएको पहिलो ल्याब समेत हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts