मेनेन्जाइटिस् किन हुन्छ ? बच्ने उपायबारे यसो भन्छन् डा.शाह



Download our app to get more features

अधिकांशको बुझाई छ की मेनेन्जाइटिस बच्चामा मात्र देखा पर्छ । यो रोग लागेपछि पूर्ण निको हुने सम्भावना कम हुन्छ । तर, त्यसो हैन मेनेन्जाइटिस सबै उमेर समूहका व्यक्तिमा देखापर्छ । के हो मेनेन्जाईटिस ? यो हुने कारण ?  यसका लक्षण र बच्ने उपाय बारे न्यूरो फिजिसियन डा. डिबी शाह यसो भनछन् :-

हाम्रो दिमागमा मूख्य नसाको रुपमा स्पाइनल कर्ड रहेको हुन्छ । स्पाइनल कर्डलार्ई वरपर झिल्लीले ढाकेको हुन्छ । विभिन्न कारणले यी झिल्लीमा संक्रमण हुनुलाई नै मेनेन्जाइटिस भएको भनिन्छ । 

मेनेन्जाइटिस हुने कारण :

मेनेन्जाइटिस हुने कारणहरु धेरै छन् । त्यसमा पनि प्रमुखतः भाइरल इन्फेक्सनका कारण हुने गर्दछ ।

साथै स्पाइनल कर्डमा चोटपटक लाग्नु,अन्य रोगहरु लाग्नु ,दिमागमा टिबी हुनु, क्यान्सर, एचआइभी एड्स, अंग प्रत्यारोपण गरेका व्यक्तिमा रोगप्रतिरोधात्मक क्षमता घट्दा र लामो समय औषधिको प्रयोग गर्दा  पनि यो रोग लाग्न सक्छ । 

मेनेन्जाइटिसका लक्षणहरु :

यो रोगका लक्षणहरु अन्य रोगका लक्षणसंग पनि मिल्दा जुल्दा हुन्छन् । जस्तै:

ज्वारो आउने, टाउको दुख्ने, लगातार बान्ता हुने, जीउ आलस्य हुने, छाती दुख्ने, खानामा अरुची हुने, बेहोस हुने, काम्ने लगाएतका लक्षण देखापर्छ । 

के मेनेन्जाइटिस् सबैमा एकै प्रकारको देखिन्छ ?

हैन्, मेनेन्जाइटिस धेरै प्रकारको हुन्छ । जुन निम्नानुसार छन् :-

भाइरल मेनेन्जाइटिस

ननपोलियो इन्टरभाइरस, इन्फ्लुएन्जा, मेस्लेस, जोस्टन आदि भाइरलबाट हुने जुन  सामान्य औषधिको प्रयोले निको हुन्छ यस्तो मेनेन्जाइटिसलाई भाइरल मेनेन्जाइटिस भनिन्छ । यस्तो मेनेन्जाइटिस सामान्यतया गर्मी मौसम सुरु हुने बेलामा बढी फैलिन्छ । यो मेनेन्जाइटिस बच्चाहरुमा बढी देखिन्छ । 

पारासाइटिक मेनेन्जाइटिस 
विशेषतः पशुजन्य खानेकुरा, राम्ररी नपकाइ खाएका खानेकुरा, फेहोर खानेकुराबाट मानिसमा संक्रमण हुने मेनेन्जाइटिसलाई पारासाइटिक मेनेन्जाइटिस भनिन्छ । यसले मस्तिष्कमा असर गर्छ । जुन जनावरमा हुने मेनेन्जाइटिस हो । 

फंगल मेनेन्जाइटिस 

प्राणघातक रोग लागेका वा रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा बढी जसो देखिने यो मेनेन्जाइटिस एक दमै कम देखापर्छ । स्पाइनल कर्डमा रगतको माध्यमबाट ढुसी पुग्दा त्यहाँ संक्रमण हुन्छ र यो मेनेन्जाइटिस देखा पर्छ । 

नन इफेसियन्स मेनेन्जाइटिस् 

यो मेनेन्जाइटिस संक्रमणको कारणले नभइ, ब्रेन सर्जरी, क्यान्सर,लुपस चोटपटक आदि रोगको कारणले हुने गर्दछ 

अमेबिक मेनेन्जाइटिस 
मेनेन्जाइटिसमा घातक मानिने यो मेनेन्जाइटिस अमिबा नामक एक कोषीय परजीवीको संक्रमणको कारणल यो मेनेन्जाइटिस  हुने गर्दछ । 

मेनेन्जाइटिसबाट बच्ने उपाय :

स्वस्थ खाना खाने, सरसफाईमा ध्यान दिने, सक्रिय जीवनशैली अप्नाउने, मेनेन्जाइटिसविरुद्धका भ्याक्सिन लगाउने । 

रोगको बेलैमा सही उपचार गरे पूर्ण निको हुन्छ भने, बेवास्ता गरे यसले ज्यान नै लिन्छ ।

माथिका कुनै पनि लक्षण देखिए तुरुन्त स्वास्थ परीक्षण गराउनु पर्छ, अन्यथा यसले ज्यान नै लिन सक्छ । 

Last modified on 2022-02-28 15:58:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts