भारतमा ६ हजार ९ सय १५ जना नयाँ सङ्क्रमित थपिए 



Download our app to get more features

ऐजेन्सी,१७ फागुन ।  भारतमा पछिल्लो २४ घन्टामा ६ हजार ९ सय १५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । त्यहाँका सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सोही अवधिमा १ सय ८० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । 

त्यस्तै भारतमा अहिले सक्रिय  सङ्क्रमितको सङ्ख्या ९२ हजार  ४ सय ७२ रहेको छ । सोही अवधिमा १६ हजार ८ सय ९४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 

भारतमा एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ ।  


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts