नर्भिक अस्पतालमा अब आवश्यक सेवाको जानकारी क्यूआरकोडबाट लिन सकिने 



Download our app to get more features

काठमाडौं,२४ फागुन ।  नर्भिक इन्टरनेशनल अस्पतालले क्यूआरकोडबाट आवश्यक सेवाको विषयमा जानकारी लिन सकिने सुविधा ल्याएको छ । 

अस्पतालले वेबसाइटमा गएर स्क्रोल गर्नुपर्ने बाध्यताको अन्त्य गर्दै अब सेवाको जानकारी क्यूआर कोड स्क्यान गरी सहजै लिन सकिने सुविधा ल्याएको हो । 

यो सेवा कार्यान्वयनमा आएसँगै अब नर्भिक अस्पतालमा गरिएको ल्याबटेस्टको रिपोर्ट क्यूआर कोड स्क्यान गरी डाउनलोड गर्न सकिनेछ । क्यूआर कोड स्क्यान गरेपछि सोझै ल्याब रिपोर्ट डाउनलोडन गर्ने पेजमा पुगिन्छ । 

यस्तै, विशेषज्ञ चिकित्सकहरुको ओपिडी समयको विषयमा आवश्यक जानकारीका लागि पनि मुख्य वेबसाइटमा गएर अप्सन खोज्न स्क्रोल गरिरहनु पर्दैन । ओपिडी टाइमिङको क्यूआरकोड स्क्यान गरेपछि सोझै सम्बन्धित पेजमा पुगिनेछ । सो पेजमा पुगिसकेपछि अनलाइनबाटै डाक्टरको अपोइनमेन्ट समेत लिन सकिने सुविधा उपलब्ध गराइएको नर्भिक अस्पतालले जनाएको छ।

नर्भिकमा उपलब्ध विशेषज्ञ चिकित्सकहरुको प्रोफाइल समेत क्यूआर कोड स्क्यान गरी हेर्न सकिने सुविधा रहेको छ । अस्पतालमा उपलब्ध विभिन्न स्तरका रुमहरुको विषयमा जान्न चाहनेका लागि समेत क्यूआर कोड उपलब्ध रहेको छ । 

यस्तै, नर्भिकको ओपिडी र आइपिडी सेवामा उपलब्ध विभिन्न हेल्थ प्याकेजहरु,अस्पतालको विवरण, सम्पर्क नम्बर, ठेगाना क्यूआर कोड स्क्यान गरी हेर्न सकिने छ ।  

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अस्पतालको मुख्य वेबसाइटमा यसअघि नै समावेश सूचनाहरुलाई व्यवस्थित गर्न र ती सूचनासम्म छरितो ढंगले सम्बद्ध  व्यक्तिको पहुँच स्थापित गर्न क्यूआर कोडको फिचर कार्यान्वयनमा ल्याइएको बताए । 
 
उनले भने,‘सबै सूचना यसअघि पनि वेबसाइटमा अपलोड नै थियो । तर क्यूआर कोडले वेबसाइट स्क्रोल गर्नुपर्ने बाध्यता हट्यो । सर्टकर्ट बाटो क्रिएट गरिएको मात्र हो ।’ उहाँले भन्नुभयो–‘यसबाहेक नर्भिकले विगतदेखि नै क्यूआर कोड स्क्यान गरेर अस्पतालको बिल तिर्न सकिने सुविधा समेत उपलब्ध गराइरहेकै छ ।’

Last modified on 2022-03-08 15:30:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts