नर्भिक अस्पतालमा शनिवार यूरोलोजीको निःशुल्क ओपिडी सेवा सञ्चालन हुने 



Download our app to get more features

काठमाडौं,२५ फागुन । नर्भिक इन्टरनेशनल अस्पतालमा २८ गते शनिवार यूरोलोजीको  निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको छ । 

अस्पतालका अनुसार  प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क उपचार सेवा दिन लागेको हो । 

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म संचालन हुने अस्पतालले जनाएको छ । 

मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिनसक्ने छन् । 

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सकिने अस्पतालले जनाएको छ । 

कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल अस्पतालको निःशुल्क ओपिडी अभियान पुनः सुरु भएको हो । 
 

Last modified on 2022-03-09 12:19:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts