पश्चिम बङ्गाल सरकारले युक्रेनबाट स्वदेश फर्किएका मेडिकलका विद्यार्थीलाई इन्टर्नसिप गर्न दिने



Download our app to get more features

बीबीसी, ३ चैत । भारतको पश्चिम बङ्गाल सरकारले युक्रेनबाट स्वदेश फर्किएका चिकित्सा शिक्षा शास्त्रका विद्यार्थीलाई इन्टर्नसिपका लागि व्यवस्था मिलाउने भएको छ ।

पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बेनर्जीले बुधवार युक्रेनबाट स्वदेश फर्किएका विद्यार्थीसँग भेटघाट गर्दै मेडिकल इन्टर्नलाई राज्य सरकारले इन्टर्नसिप गर्न दिने बताइन् । 

इन्टर्नसिपको क्रममा ती विद्यार्थीलाई स्टाइपेन्ड पनि दिइने उनले बताइन् । 

बङ्गालको विभिन्न जिल्लाबाट गरी युक्रेन गएका झन्डै ३ सय विद्यार्थी स्वदेश फर्केका छन् । 

मुख्यमन्त्री बेनर्जीले मेडिकलको चौथौं, पाँचौं र छैठौं वर्षका विद्यार्थीका लागि राज्य सरकार मेडिकल काउन्सिललाई पत्र पठाउने भन्दै अनुमति पाएपछि उनीहरूलाई मेडिकल पै्रक्टिस गर्न सहज हुने बताइन् । 

युक्रेनमा युद्ध सुरु भएपछि झन्डै २२ हजार ५ सय भारतीयलाई स्वदेश ल्याइएको छ ।

Last modified on 2022-03-18 07:17:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts