जापानले कोभिडविरुद्धको प्रतिबन्ध हटायो 



Download our app to get more features

एजेन्सी,९ चैत । जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिडविरुद्धका प्रतिबन्ध हटाएको छ । जापानले १८ वटा जिल्लामा कोभिडविरुद्धका प्रतिबन्ध फुकुवा गरेको जनाएको हो ।

जापान सरकारले ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्धहरुलाई हटाएको छ। प्रतिबन्धहरु हटाइएका प्रिफेक्चरहरुमा टोकियो र ओसाका पनि रहेका छन् । त्यहाँ गत जनवरी ८ देखि यस्ता प्रतिबन्ध लगाइएको थियो ।

यहाँका नागरिकलाई सार्वजनिक स्थलमा धेरै जम्मा हुन तथा  सीमित संख्याका मानिसबीच होटल रेष्टुरेन्टहरु अनुमति दिइएको थियो । तर अहिले ती सबै प्रतिबन्ध हटाइएका छन् । यहाँ अब नागरिकहरु ठूलो संख्यामा जम्मा हुने र आफ्ना व्यवसायहरु सञ्चालन गर्न पाउने भएका छन् ।

Last modified on 2022-03-23 08:10:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts