दक्षिण कोरियामा कोरोना सङ्क्रमण बढ्दै, विश्वभर कोरोनाका कारण ६१ लाखभन्दा बढीको मृत्यु



Download our app to get more features

एजेन्सी, १३ चैत । कोरोना महामारीको तेस्रो चरणको लहर साम्य हुँदै गर्दा विश्वभर कोरोनाका कारण हुने मृत्युदर पनि घट्दै गएको छ ।

कोरोनाको पछिल्लो समय फेला परेको डेल्टाक्रोनबारे हालसम्म ठोस जानकारी पत्ता नलागेका कारण यसले सङ्क्रमण कसरी गराइरहेको छ र हालसम्म कुन कुन मुलुकमा फैलिसकेको छ भन्ने पनि यकिन भन्न सक्ने अवस्था छैन ।

विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना भाइरसको डेल्टा र ओमिक्रोनको समिश्रण रुप मानिएको डेल्टाक्रोनबारे हालसम्म ठोस जानकारी पत्ता नलागेका कारण जनस्वास्थ्यका मापदण्ड भने अपनाउन आग्रह गरेको छ । 

डेल्टाक्रोनका कारण मानिस सङ्क्रमित हुनेभन्दा पनि कोरोनाको तेस्रो चरणको प्रमुख कारण बनेको ओमिक्रोनका कारण भने पछिल्लो समय मानिसहरू सङ्क्रमित हुनेदर अझै घट्न सकेको छैन ।

२ महिना अघि झन्डै ३६ लाखसम्म नयाँ सङ्क्रमित थपिने गरेकोमा हाल त्यो सङ्ख्या १२ लाखमा झरेको छ भने मृत्यु हुनेको सङ्ख्या ५ देखि ३ हजारमा झरेको छ । 

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वलर््ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर १२ लाख २६ हजार १ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३ हजार ५ जनाको मृत्यु भएको छ । 

गत २४ घन्टामा सबैभन्दा धेरै दक्षिण कोरियामा ३ लाख ३५ हजार ४ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने जर्मनीमा १ लाख ५१ हजार ६ सय ६५ र फ्रान्समा १ लाख ३९ हजार ५ सय १७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४८ करोड ८ लाख ३९ हजार ७ सय ५१ पुगेको छ ।

यस्तै गत २४ घन्टामा कोरोनाका कारण सबैभन्दा धेरै रुसमा ३ सय ९५ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा ३ सय २३ र अमेरिकामा २ सय १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ लाख ४५ हजार ४ सय ४१ पुगेको छ भने ४१ करोड ५२ लाख ५० हजार ७ सय २० जनाको कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

Last modified on 2022-03-28 06:25:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts