चीनको सांघाई शहरमा आजदेखि लकडाउन घोषणा



Download our app to get more features

एजेन्सी,१४ चैत । चीनको  सांघाई शहरमा आजदेखि लकडाउन घोषणा गरिएको छ ।

साउथ चाइना मर्निङ पोष्टले कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको जनाएको छ ।

सांघाईमा दुई चरणमा लकडाउन हुनेछ। सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ देखि ५ सम्म लकडाउन गरिनेछ।

यो लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुने बताइएको छ। लकडाउन गरेर अधिकारीहरूले सहरका सबैको कोरोना परीक्षण गर्ने बताएका छन्।

चीनमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढेको छ । आइतबार चीनभरि ४ हजार ५ सय बढी संक्रमित थपिएका छन् ।

Last modified on 2022-03-28 14:09:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts