चीनको सांघाईमा सबै मानिसको कोरोना परीक्षण गर्न सेना खटाइयो 



Download our app to get more features

एजेन्सी,२१ चैत । कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन  गरिएको चीनको सांघाईमा सबै मानिसको कोरोना परीक्षण गर्न सेना पनि खटाइएको छ। 

सोमबार पनि कोरोना संक्रमण बढेपछि सांघाईमा सेना पठाइएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार २ करोड ६० लाख सहरवासीको कोरोना परीक्षण गर्न हजारौंको संख्यामा सेना र स्वास्थ्यकर्मी पठाएको छ ।

जनमुक्ति सेनाले आइतबार नै सेना, नेभी र जोइन्ट लजिस्टिक फोर्स गरी दुई हजार स्वास्थ्यकर्मी पठाएको हो । जियाङ्गसु, झिजियाङ र बेइजिङबाट पनि १० हजार बढी स्वास्थ्यकर्मी सांघाई पठाइएका छन् ।

त्यहाँ सोमबार बिहानैदेखि कोरोना परीक्षणको लागि स्वाब लिने काम सुरू गरिएको छ । 

Last modified on 2022-04-05 09:57:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts