नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने



Download our app to get more features

काठमाडौं,२२ चैत । नर्भिक अस्पतालले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने भएको छ । 

अस्पतालले पूर्व घोषणाअनुसार हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधाले सम्पन्न ८ तले भवन निर्माणको काम थाल्ने भएको हो ।

नर्भिकको २९ औं वार्षिकोत्सवको शुभमुहूर्त पारेर अत्याधुनिक भवन निर्माणको काम आगामी बैशाख १ गतेदेखि विधिवत रुपमा सुरु हुने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए । 

सोमबार अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्ट्रक्सन प्रालिसँग सम्झौता समेत गरेको छ । सम्झौतामा नर्भिक अस्पतालका तर्फबाट संचालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह र निर्माण कम्पनीको तर्फबाट डाइरेक्टर अरविन्दकुमार झाले हस्ताक्षर गरेका छन् । 

नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधासम्पन्न हुने अध्यक्ष सिंहले जानकारी दिए । उनका अनुसार १ लाख ६५ हजार स्क्वायर फिटमा आधुनिक भवन तयार हुनेछ । निर्माण सुरु भएको एक वर्षभित्रमा भवन तयार गरिसक्ने निर्माण कम्पनीले लक्ष्य लिएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts