ह्याम्स अस्पतालले सिन्धुपाल्चोकमा गरेको शिविरमा ४ सय ५० बिरामी लाभान्वित



Download our app to get more features

काठमाडौं, २८ चैत । ह्याम्स अस्पताल र सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको खाँडीचौरमा भएको विशेषज्ञ सहितको स्वास्थ्य शिविरबाट ४ सय ५० जना बिरामी लाभान्वित भएका छन् ।

शिविरमा समस्या पत्ता लागेर थप उपचार चाहिने र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ह्याम्स अस्पतालले विशेष छुट दिने बताएको छ ।



अस्पतालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विपन्न बिरामीहरूका लागि विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

शिविरमा ह्याम्स अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.भोला रिजाल, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.करिष्मा पाण्डे, डा.रेशिस श्रेष्ठ, हाडजोर्नी रोग विशेषज्ञ डा.सन्दिप भण्डारी, छाला रोग विशेषज्ञ डा.प्रगती थापा, नाक कान घाँटी रोग बिशेषज्ञ डा.श्रद्धा फुयाल, डा.प्रोपर्टी भण्डारी, रेडियोलोजी डा.प्रदिप चापागाइ र सिन्धु सदाबहार अस्पतालका जनरल फिजिसियन डा.अमित बिष्ट लगायतका चिकित्सक तथा नर्सिङको टोलीले सेवा दिएका थिए ।

शिविरमा समस्याको पहिचान गरी आवश्यकता अनुसार भिडियो एक्स–रे तथा औषधि समेत निःशुल्क वितरण पनि गरिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts