ह्याम्स अस्पताल २५ औं बर्षमा प्रवेश



Download our app to get more features

काठमाडौं,३० चैत । काठमाडौंको धुम्वाराहीमा अवस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी प्रा.लि.(ह्याम्स अस्पताल) २५ औं बर्षमा प्रवेश गरेको छ । 

अस्पतालले आफ्नो बार्षिक उत्सवको मनाउने क्रममा बिरामी को सेवा सुबिधामा आधारित २०७९ बर्ष भरिका लागि  विभिन्न योजना समेत सार्बजनिक गरेको छ ।

बार्षिक उत्सवको अवसरमा २०७९ वर्षभरी प्रत्येक शनिवारको दिन विभिन्न बिशेषज्ञ डाक्टरहरु बाट निःशुल्क ओ.पि.डि. सेवा दिने साथै अन्य सेवा मा बिशेष छुट उपलब्ध गराउने,२०७९ वर्षभरि नै नेपाल अधिराज्य भरि आवश्यक्ता अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने,अन्य दिनको ओ.पि.डि.सेवा बापत लिने सम्पूर्ण बिशेषज्ञ डाक्टर हरुको ओ.पि.डि. शुल्क Follow-up   बिरामी हरुको हक मा रु. ६ सय ५० र नया बिरामी हरुको हकमा रु. ६ सय ९० निर्धारण र  अस्पतालमा सेवा लिन आउने सम्पूर्ण बिरामी हरुलाई निःशुल्क रुपमा HAMS Family Member Card  वितरण गर्ने छ जसमा अस्पताल मा सेवा लिए बापत बिशेष छुट को कार्यक्रमहरु ल्याएको छ । 

अस्पतालले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर आगामी दिनमा पनि विभिन्न खालका सेवाका कृयाकलापहरु गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts