भारतमा कोरोना संक्रमण फेरि तिब्र,दैनिक ७ हजार बढी संक्रमित थपिन थाले 



Download our app to get more features

एजेन्सी,२७ जेठ । भारतमा कोरोना संक्रमण फेरि तिब्र रूपमा फैलन थालेको छ। पछिल्लो २४ घन्टामा भारतमा ७ हजार ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको हो ।

लामो समयपछि फेरि भारतमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् ।  मन्त्रालयका अनुसार ९९ दिनमा पहिलो पटक बुधबार ७ हजारमाथि संक्रमित फेला परेका छन् । 

भारतको सबैभन्दा धेरै महाराष्ट्र र केरलामा संक्रमित फेला परेका छन् । महाराष्ट्रमा २ हजार ८ सय १३ संक्रमित फेला परेका छन् भने केरलामा २ हजार ४ सय १५ जना नयाँ संक्रमित फेला परेका छन् ।

यस्तै राजधानी नयाँ दिल्लीमा ६ सय २२ जना नयाँ संक्रमित फेला परेका छन् । 

Last modified on 2022-06-10 11:35:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts