मनसुनमा छालाको स्याहार गर्न अपनाउनुस् यी उपाय...



Download our app to get more features

अहिले मनसुन चलिरहेको छ । तपाईं हामी सबैलाई थाहा भएको कुरा हो मनसुनमा वातावरणमा हुने मोइस्चरले तपाईंको छालालाई प्रभावित पार्ने गर्छ । यस अवस्थामा तपाईं आफ्नो छालालाई सकेसम्म स्याहार गर्न खोज्नु हुन्छ जुन राम्रो कुरा पनि हो ।

तर, धेरै उपाय र अनावश्यक क्रिमहरुको प्रयोगले पनि तपाईंको छालालाई नोक्सान पुर्याउन सक्छ । त्यसैले सामान्य परिवर्तन र आयुर्वेदिक तत्वहरुको प्रयोगले तपाईं विना कुनै साइडइफेक्ट आफ्नो छालाको स्याहार गर्न सक्नु हुने छ । 

मनसूनमा छालाको देखभाल सँग सम्बन्धीत केही सुझाव दिएका छन् । जुन सुझावले तपाईँको छाला सँधै चम्किलो र ताजा देखिन्छ । 

१. आयुर्वेदिक र हर्बल साबुन छालाको पीएच मात्रालाई प्रभावित नगरि सजिलै शरीरमा भएको अशुद्धिहरुलाई निकाल्ने काम गर्छ । यो मौसममा ब्याक्टेरिया र फोहोरबाट छालालाई जोगाउन आवश्यक हुन्छ । यो साबुनले छालामा मोइस्चर बनाइ राख्छ ।

२. आयुर्वेदिक साबुन जस्तै, बायो एलमन्ड ओइलले शरीरलाई पोषण प्रदान गर्छ, किनकी यो तेल प्राकृतिक पोषक तत्वले भरिपूर्ण हुन्छ । बादाम, मारगोसा, नरिवल तेल, बेसार आदिबाट बनेको हुन्छ र त्यसले छाला मुलायम हुन्छ ।

३. गुलाबको फूलको पत्ताले बनेको साबुनले छालामा प्राकृतिक मोइस्चर बनाइ राख्छ र अनुहारमा निखार ल्याउँछ । गुलाब फूलको तेल र गुलाब फूलको पातले छालामा भएको दागलाई हटाउनमा मद्दत गर्छ ।

४. मानसुनमा लेवेन्डरको साबुनको प्रयोग गर्नु पनि फाइदाजनक हुन्छ । लेवेन्डरमा भएको जीवाणुरोधी गुणले छालामा हुने जलन र छाला चिलाउने समस्याबाट राहत दिलाउँछ । यसको सुगन्धले  ताजगी र आरामको अनुभव पनि हुन्छ ।

५. मेवा र काक्रोयुक्त साबुन सबै प्रकारको छालाको लागि लाभदायक हुन्छ । यसले छालामा भएको मृत कोषहरुलाई हटाएर रोम छिद्रलाई खोलिदिने गर्छ र डन्डीफोर हुनबाट जोगाउँछ । साथै अनुहारमा भएको दागलाई पनि कम गर्छ । यसको प्रयोगले छाला कोमल हुन्छ । 

Last modified on 2022-06-15 16:45:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts