भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो



Download our app to get more features

ऐजेन्सी,२ असार । भारतमा कोरोना भाइरसबाट थप १२ हजार २ सय १३  जना सङ्क्रमित भएका छन् । बुधबार मध्यराती अर्थात गत २४ घन्टाको  समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । 

यस वर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४ सय ९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए ।  गत बुधबार भारतमा  ८ हजार ६ सय ४१ जना कोरोना सङ्क्रमित भएका थिए ।  भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३२ लाख ५७ हजार ७ सय ३० पुगेको छ । 

यसमध्ये ५८ हजार २ सय १५ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ ।  सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१३ प्रतिशत हो । 

पछिल्लो एक दिनमा ७ हजार ६ सय २४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या ४ करोड २६ लाख ७४ हजार ७ सय १२ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६५ प्रतिशत रहेको छ । 

कोरोना महामारीबाट बुधबार भारतमा ११ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसमम भारतमा  ५ लाख २४ हजार ८०३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts