भारतमा थप १२ हजार ५ सयमा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

ऐजेन्सी,३ असार । भारतमा थप १२ हजार ८ सय ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

भारतमा बुधबार र बिहीबार दुईदिनलगातार कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । 

यसवर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४ सय ९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए । गत बिहीबार भारतमा १२ हजार २ सय १३ कोरोना सङ्क्रमित भएका थिए । भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३२ लाख ७० हजार ५ सय ७७ पुगेको छ । 

यसमध्ये ६३ हजार ६३ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०।१५ प्रतिशत हो । 

पछिल्लो एक दिनमा ७ हजार ९ सय ८५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्  । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या ४ करोड २६ लाख ८२ हजार ६ सय ९७ पुगेको छ । 

कोरोना महामारीबाट  बिहीबार भारतमा १४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण ५ लाख २४ हजार ८ सय १७ को मृत्यु भएको समाचारमा जनाइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts