साउन महिनामा व्रत बस्दा स्वास्थ्यलाई हुने फाइदाबारे जानौं



Download our app to get more features

आजबाट तिथिको हिसाबले साउन महिना सुरु भएको छ । साउन महिनामा विशेषगरी भगवान शिवको पुजा अराधना गर्ने र व्रत बस्ने चलन छ ।

साउन महिनाको सोमवारका दिन व्रत बस्दा विभिन्न कुरामा ध्यान दिनपर्छ ।  सोमवार भगवान शिवको अराधना, श्रीमानको दीर्घायू र अविवाहिताले सुयोग्य वर पाउने विश्वासका साथ व्रत बस्ने गर्छन् ।
 
व्रत बस्दा शरीरमा पानीको मात्रा कम भइ कमजोर बन्छ । निराहार बस्दा थकाइका कारण कतिपय व्रतालु बिरामी समेत पर्ने गरेका छन् । उसो त सातामा एक दिन व्रत बस्नु महिला मात्र नभइ सबैका लागि राम्रो हुन्छ । तर, आफ्नो शरीरले सहन सक्ने किसिमले व्रत बस्दा राम्रो हुन्छ । जस्तै पानी र फलफूल सेवन गरि व्रत बस्ने आदी । 

चाडपर्व विशेषमा मात्र नभइ साप्ताहिक रुपमा व्रत बस्दा स्वास्थ्यलाई फाइदा हुन्छ । वर्षमा एक पटक पानी पनि नपिइ व्रत बस्नु भन्दा सातामा एक पटक पानी, फलफूल सेवन गरी व्रत वस्नु राम्रो हो । 

व्रतले मानव शरीरमा गर्न फाइदा र बेफाइदाबारे ग्यास्ट्रोइन्ट्रोलोजिष्ट प्रा.डा. भुपेन्द्र बस्नेतको भनाइ यस्तो छ : नियमित व्रत बस्दाका फाइदा : 
व्रत बस्दा तौल नियन्त्रण हुन्छ ।
तौल बढी या घटी हुँदा हुने विभिन्न समस्याबाट जोगिन सकिन्छ । 
उच्च रक्तचाप, मधुमेह, यूरिकएसिड, कोलेस्ट्रोल तथा दीर्घ रोगबाट बचाउँछ ।  
पाचन प्रक्रियाले आराम पाउँछ । 
रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।
शरीरमा रहेका विषाक्त पदार्थ सफा हुन्छ ।

Last modified on 2022-07-15 14:36:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts