भारतमा थप एकजनामा मङ्किपक्स भाइरसको सङ्क्रमण देखियो



Download our app to get more features

एजेन्सी, ७ साउन । भारतमा थप एकजनामा मङ्किपक्स भाइरसको सङ्क्रमण देखिएको छ । 

भारतको केरला राज्यको मलाप्पुरममा हिजो थप एकजनामा मङ्किपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

केरलका स्वास्थ्य मन्त्री वीणा जर्जले यसको पुष्टि गरेकी छन् । 

उनका अनुसार ६ जुलाईमा दुबईबाट आएका ३५ वर्षका एकजना पुरुषमा मङ्किपक्स भाइरसको सङ्क्रमण देखिएको हो । 

यसअघि पनि केरलामै २ जनामा मङ्किपक्स भाइरसको सङ्क्रमण देखिएको थियो । ती दुबैजना पनि दुबईबाट नै भारत फर्केका थिए । 

लगातार मङ्किपक्स भाइरसको सङ्क्रमण पुष्टि हुन थालेपछि राज्य सरकारले मङ्किपक्स भाइरसको परीक्षण तीव्र बनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts