डेन्टल एशोसियसनका अध्यक्ष राजभण्डारीलाई पाँच प्रश्न 



Download our app to get more features

ल्र्ड डेन्टल एशोसियसनसँगको सहकार्यमा नेपाल डेन्टल एशोशियसनले पनि आउँदो मार्च २० मा विश्व मुख स्वास्थ्य दिवस मनाउँदैछ । दिवसका अवसरमा नेपालका सरोकारवालाहरुले विभिन्न औपचारिक, अनौपचारिक र स्वास्थ्य जाँचका कार्यक्रमहरु राखेका छन् । उनीहरुले यसपालीको दिवसलाई मुख स्वास्थ्य सेचतनाको अभियानका रुपमा मनाइने भनेका छन् । त्यसो त नेपालमा दाँत तथा मुखस्वास्थ्यका क्षेत्रका बारेमा त्यति छलफल, बहस र काम नभएको सरोकारवालाको गुनासो छ । यसैसन्दर्भमा विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा हाम्रोडक्टरकर्मी मधुसुदन ढकालले नेपाल डेन्टल एशोसियसनका अध्यक्ष डा.सन्तोषमान राजभण्डारीलाई पाँचवटा प्रश्न गरेका छन् । 

१. डेन्टल एशोसियसनको स्थापना र यसको औचित्य के हो ? 
नेपाल डेन्टल एशोसियसनको स्थापना २०४७ साल भदौमा भएको हो ।  यसले सुरुदेखि नै देशभर फैलिएर बसेका दन्तचिकित्सक र विशेषज्ञहरुलाई एकीकृत गराएको छ । जसले गर्दा हाम्रा हरेक भूमिका संस्थगत भएका छन् । मुख तथा दन्त स्वास्थ्यको क्षेत्रमा रहेका समस्या, कमजोरीहरुलाई सुधार्दै गुणस्तरीय मुख स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्याउने अभियानमा एशोसियसनले संस्थागत रुपमा काम गर्दै आएको छ र आगामी दिनमा पनि यसलाई थप शसक्त ढंगले अघि लानेछौं । यसबाहेक दन्त चिकित्सकको हक हितको लागी पनि हामी उत्तिकै क्रियाशिल छौं । 

२. मार्च २० मा हुन गइरहेको मुख स्वास्थ्य दिवस र यस अवसरमा नेपालमा हुन लागेको कार्यक्रहरुको बारेमा भनिदिनुस् न । 
मार्च २० मा विश्वभरीका मुख तथा दन्त चिकित्सक हरुको छाता संगठन वल्र्ड डेन्टल फेडरेसनको आह्वानमा विश्वभरी नै मुख तथा दन्त स्वास्थ्य दिवस मनाइन्छ । नेपालमा पनी विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हामीले नेपालमा साताब्यापी रुपमा दिवस मनाउँदै छौं । जसअन्तर्गत हाम्रो एशोसिएसनसँग आवद्ध हरेक डेन्टल क्लिनिकले एक सातासम्म निशुल्क दाँत जाँच गर्ने, मार्च २०को दिन आर्मी अफिसर्स क्लव भद्रकालीमा सरोकारवालाहरुसँगको सहकार्य र सक्रियतामा संयुक्त औपचाकि कार्यक्रम गर्ने, सचेतना र जानकारीमूलक पर्चा पम्प्लेट सहित विभिन्न सञ्चार सञ्चारमाध्यमबाट जनचेतना अभिवृद्धि गर्ने, र्याली निकाल्ने कार्यक्रम रहेको छ । यसबाहेक हामी विभिन्न सरोकारवाला निकायसँग नेपालको दन्त चिकित्साक्षेत्रका विविध विषयमा विचार विमर्श र छलफल गर्नेछौं । 

३. नेपालमा मुख तथा दन्तस्वास्थ्यका क्षेत्रमा कस्ता अवसर र चुनौति देख्नुभएको छ ? 
नेपाल जस्तो देशमा चुनौति हरु एकदमै धेरै छन् । हरेक नेपालीमा कम्तिमा पनि एउटा न एउटा मुख या दाँतको समस्या रहेकै हुन्छ । नेपालमात्र नभैकन विशेषगरी दक्षिण एशियाली देशहरुमा, तमाखु, सुर्ती, गुट्खा लगायतका पदार्थहरुको अत्याधिक प्रयोग हुने भएकोले मुखस्वास्थ्यको भयावह अवस्था छ । आममानिसहरुमा मुख स्वास्थको चेतनाको कमीले पनी अवस्था जटिल बनेको हो । अझ मुख्य चुनौति भनेको त नेपालमा दाँत र मुखका १ हजार ९ सय ६० जनामात्र विशेषज्ञ चिकित्सक छन । त्यस्तै ५ सय ७० जना दन्त चिकित्सक रहेका छन । यति जनशक्तीले सबै मानिसलाइ सेवा दिनसक्ने अवस्था छैन । र पनि यही जनशक्ती परिचालन भएर आममानिसलाइ राम्रो सेवा दिनसक्नु आफैमा अवसर र सुखद पक्ष हो । 

४. मुख स्वास्थ्यको प्रवद्र्धनमा सरकारी स्तरबाट के कस्ता सहयोग भएका छन् ? 
सरकारीस्तरमा सनुवाई शून्य प्रायः नै छ । करिब चार दर्जन दन्त चिकित्सकको दरवन्दीले देशको मुख तथा दन्त स्वास्थ क्षेत्रलाइ धानेको छ । यसले सरकार र स्वास्थ मन्त्रालय कति निरीह होला भन्नै आफै अनुमान लगाउनुस्  । धन्न निजी क्षेत्रले दन्त चिकित्साको क्षेत्र धानेको छ । निजी स्वास्थ्य संस्था सञ्चालन सरकारी झन्झट र झमेला पनि हाम्रा लागी समस्याकै विषय हो । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाइ सरकारले निःशुल्क गर्नुपर्ने ठाउँमा उल्टै ५ प्रतिशत कर लगाएर जनतालाइ झुक्याउने काम गरेको छ ।  यो समग्र स्वास्थ्य क्षेत्रकै समस्या हो । 

५. अन्त्यमा, नेपालमा मुख तथा दन्त चिकित्सक उत्पादनको अवस्था के छ ? 
पछिल्ला वर्षमा मुख तथा दन्त विशेषज्ञ चिकित्सक तुलनात्मक रुपमा बढिरहेका छन् । नेपालका करिब १२ वटा मेडिकल कलेजबाट वर्षेनी करिब ३ सयका हाराहारीमा उत्पादन भैरहेका छन् । त्यस्तै विदेशमा पढेर आउनेसम्म गर्दा करिब ६ सयको हाराहारीमा उत्पादन हुने गरको छ ।

Last modified on 2017-06-11 13:30:51

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. मुकेश गुप्ता on Sat, Mar 18 2017 02:55 PM

    डेंटल डॉक्टरको औचित्यको बारेमा ta बिचार पुरयाउनू भयो तर डेंटल hygienist को बारेमा खई ध्यान पुर्याउनु भएको. Nepalma डेंटल hygienist को औचित्य ke ta???? Dental को बारेमा government ले kehi औचित्य तुलयौना सकेको chhaina.........


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts