बच्चामा स्क्रब टाइफस, यस्ता छन् लक्षण



Download our app to get more features

हीद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा केही दिनअघि स्क्रब टाइफसबाट ग्रसित ९ बर्षीय एक बालकलाई उपचार गर्न ल्याइयो । सर्लाहीका ती बालकलाई जिल्लाका स्वास्थ्य संस्थामा रोग निदान नभएपछि टेकु अस्पताल ल्याइएको थियो । यो वर्ष स्क्रब टाइफस देखिने ति पहिलो बालक हुन् । 

२ वर्ष अघिसम्म वयस्कहरूमा बढीजसो स्क्रब टाइफस देखिएको थियो । बालबालिकामा यो रोग बिरलै लागेको पाइन्थ्यो । तर, केही समययता स्क्रब टाइफसबाट धेरै बालबालिका पीडित बन्न थालेका छन् ।

स्क्रब टाइफसका लक्षण बयस्क र बालबालिकामा धेरै भिन्न हुँदैन । केही यस्ता समान लक्षणहरु पनि छन् जसले स्वास्थ्यकर्मीहरूलाई समेत कहिलेकाही झुक्याउने गर्छ । यो रोग पहिचान गर्ने किट काठमाडौँ बाहिर सहजै उपलब्ध हुँदैन । बालबालिकामा देखिने लक्षणका आधारमा स्क्रब टाइफसको शंका गर्नु पर्ने हुन्छ । समयमै रोगको पहिचान र उपचार सुरू भए बालबालिकालाई यो रोगबाट जोगाउन र बचाउन सकिन्छ ।

बयस्क र बालबालिकमा देखिने समान लक्षणहरू

  • उच्च ज्वरो 
  • इस्कार (किर्नाले टोकेको ठाउँमा देखिने कालो घाउको पाप्रो) 
  • फियो बढ्नु 
  • लिम्फ ग्रन्थी बढ्नु 
  • ज्वरोको अनुपातमा नाडीको चाल कम हुनु 
  • रगतमा सेतो रक्तकोषिका र कलेजोको इन्जाईम बढ्ने गर्दछ  

फरक लक्षणहरू

  • इस्कार ( बयस्कको छाती र पेटमा बढी देखिन्छ भने  बालबालिकाको गुप्तागमा बढी देखिन्छ )
  • कलेजोको सुजन बालबालिकामा बढी देखिन्छ ।
  • रगतमा प्लेट लेटको मात्रा वयस्कको अनुपातमा बालबालिकामा कम हुन्छ ।       

 

Last modified on 2018-10-30 06:42:12

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts