अध्ययनमा खुलासा : मोटोपनले सेक्समा रुचि कम 



Download our app to get more features

मोटापनका कारण मानिसमा सेक्स गर्ने रुची कम हुँदै गएको एक अध्ययनले देखाएको छ ।

महिलाका अनुसार मोटापनका कारण मान्छेमा सेक्सप्रतिको उत्साह कम हुने गरेको छ ।  भारतको राजधानी नियाँ दिल्लीको एनसीआरका ८ सय मानिसमा गरिएको एक अध्ययनमा मोटोपनका कारण सेक्समा मानिसको रुची कम भएको पाइएको छ । अध्ययनमा ७६ प्रतिशत पुरुषका अनुसार सेक्सप्रति रुचि कम हुुनुको कारण व्यायामको कमी हो ।

त्यस्तै ६५ प्रतिशत पुरुषका अनुसार खानपानको बानीले गर्दा उनमा सेक्सप्रति इच्छा कम भएको छ । म्याक्स अस्पतालका इन्डोक्रोनोलोजी डिपार्टमेन्टका निर्देशक डाक्टर सुजीत झाको नेतृत्वमा यो अध्ययन गरिएको हो । अध्ययनमा २४ देखि ४५ वर्ष उमेर समूहका पुरुष र महिलालाई सहभागि गराइएको थियो । 

अध्ययनको नतिजा यस प्रकार छ :
७७% : २१–३० वर्षको महिलाका अनुसार सेक्सप्रति रुचि कम हुनुको ठूलो कारण मोटोपन हो ।
७६% : ३० वर्ष भन्दा बढी उमेरका पुरुषले सेक्स प्रति रुचि कम हुनुको कारण व्यायामको कमीलाई बताएका छन् ।
७५% : ३० वर्ष भन्दा बढी उमेरका पुरुषका अनुसार खानपानको बानीले सेक्समा कमी आउनुको कारण हो ।
८८% : मानिसले सेक्स प्रति राम्रो रुचि भएको दर्शाए, जिनको शरीर मास इन्डेक्स सामान्य थियो ।
६५% : धेरै मोटो भएकाहरुले सेक्सप्रति रुचि देखाए ।
९५% : सामान्य मानिसले सेक्सप्रति रुचि देखाए ।
९०% :सामान्य तौल भएका पुरुषमा सेक्स प्रति रुचि बढी थियो ।
८७% : सामान्य तौल भएका महिलाले सेक्स प्रति बढी रुचि देखाए ।
९०% :कम तौल भएका महिलाले सेक्समा बढी रुचि देखाए ।

८१% : कम तौल भएका पुरुषले सेक्समा बढी रुचि देखाए ।
७३% : मानिसमा सेक्स फ्रिक्वेन्सी बढी थियो, जिनको तौल नियन्त्रणमा थियो । 
१९% : बढी तौल भएका मानिसले हप्तामा दुई पटक सेक्स गर्नमा रुचि देखाए ।
३७% : सामान्य मानिसले हफ्तामा दुई पटक सेक्स गर्नमा रुचि देखाए ।
७०% : मानिस जो हप्तामा ६ दिन दिन हेल्दी डाइट खान्छन् उनमा सेक्सको लागि राम्रो रुचि भएको देखियो ।
६५% : महिलाका अनुसार डाइटले पनि सेक्समा असर पार्छ ।
७३% : आराम वा राम्रो निद्रा लिनेमा सेक्सलाई लिएर राम्रो रुचि थियो ।
२९%  : मानिसले सेक्समा रुचि देखाए, जो राम्रो सँग सुत्न पाउँदैनन् ।
५०% : नन स्मोकरमा सेक्सको इच्छा (सेक्स ड्राइभ) देखियो ।
१९% : धेरै चुरोट खानेमा पनि सेक्स ड्राइभ देखियो ।
३८% : मधुमेह पीडीत पुरुषमा सेक्सलाई लिएर बढी रुचि थियो ।
५७% : मधुमेह पीडित महिलामा सेक्समा बढी रुचि थियो ।
७२% : हाइपरटेन्शनले पीडित महिलाले सेक्समा रुचि देखाए ।
४०%  :हाइपरटेन्शनका शिकार भएका पुरुषले सेक्समा रुची देखाए ।
८%   : डिप्रेशनको शिकार महिलाले सेक्स रुचि देखाए ।
८०%  :पुरुष जो डिप्रेशनका शिकार थिए उनले सेक्समा रुचि देखाए ।
७२% :महिला र पुरुष जो व्यायाम गर्थे उनले सेक्समा राम्रो रुचि देखाए ।
३४%  : व्यायाम गर्ने मानिसले हप्तामा दुई पटक सेक्स गर्नमा रुचि देखाए ।
३८%  : एक्सरसाइज गर्नेले हप्तामा एक पटक सेक्स गर्न रुचाए ।
८४.८% : पुरुष जो व्यायाम गर्थे उनले सेक्समा बढी रुचि देखाए ।
८१.४% : एक्सरसाइज गर्ने महिलामा सेक्स गर्नमा रुचि देखाए ।
(एजेन्सीको सहयोगमा)

Last modified on 2018-10-27 11:05:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts