बिहान साढे सात बजे यौन सम्बन्ध राख्ने उत्तम समय : जानौँ कारण



Download our app to get more features

यदि तपाईँ बिहान चाँडै उठेर आफ्नो क्रियाकलाप सुरु गर्ने प्रयास गर्नु हुन्छ अब त्यसलाई केही समयकालागि रोकिदिनुस् । एक नयाँ अध्ययनकाअनुसार बिहान यौन सम्बन्ध राख्नाले तपाईँलाई अनेक फाइदाहुन सक्छ । 
जानौँ फाइदा र कारण...

अध्ययनमा के आयो नयाँ?
हेल्थ एन्ड फिटनेस कम्पनीफोर्जा सप्लीमेन्टको अध्ययनमा विहानको समय यौन सम्बन्ध राख्नाले फाइदा हुने तथ्य सामने आएको हो । उक्त अध्ययनका अनुसार प्रायःजसो व्यक्तिले विहान साढे सात बजेको समयमा यौन सम्बन्ध राख्नाले तनाव कमहुने र दिनको सुरुवातपनि राम्रो हुने बताए । 

अध्ययनमा सहभागि मानिसहरुले बिहानको समय यौन सम्बन्ध राख्नाले पुरै दिन मुड फ्रेश रहने बताए। यसको एक लोजिकल कारण भनेको बिहानको समयमा पुरुषको टेस्टोस्टेरोन लेभेल निकै उच्च रहन्छ । जसले गर्दा उक्त समय यौन सम्बन्ध राख्दा निकै जोशिलो र धेरै समय टिक्ने हुन्छ । 

फोर्जा सप्लीमेन्ट रिसर्चमा मानिसको सर्केडियन रिदम (स्लीपरवेक साइकिल र उक्त समयको तपाईँको गतिविधि) लाई अवलोकनगर्न चाहन्थे । उनले १ हजार मानिसलाई समावेश गराएर यो अध्ययन गरेकाथिए।

अध्ययनकर्ताले अध्ययनमा सहभागिलाई आफ्नो दैनिक क्रियाकलाप जस्तै : व्यायाम, घरको काम, अफिसको काम र सेक्सको बेला राम्रो प्रदर्शन (फरफम) गर्ने गर्छन् ती सबैलाई ध्यान दिनका लागि भनेका थिए ।

के यसो गर्नाले साच्चि हुन्छ फाइदा?
के बिहान उठेर यौन सम्पर्क गर्नुको कुनै फाइदा छ त ? पक्कै पनि छ ! आफ्नो दिनचर्यामा एउटा सानो परिवर्तन गरेर तपाईँ आफ्नो तौल कम गर्न सक्नु हुन्छ साथै फिट रहन र कार्य क्षमतापनि बढाउन सक्नुुहुन्छ ।
अन्त्यमा फाइदाका साथै तपाईँ रोमान्टिक पार्टनर हुनुको कम्प्लिमेन्ट पनिपाउन सक्नु हुन्छ ।

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2018-11-17 10:06:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts