उमेर अनुसार कतिपटक यौन सम्पर्क राख्नु उचित 


Download our app to get more features
Spark_health_home Birat Hospital

कति पटक यौनसम्पर्क राख्ने भन्ने कुराको कुनै नियम छैन ।

यो पूर्ण रुपले तपाईंको खुशीमा भरपर्छ । तर, यो विषयमा भएको एक अध्ययनमा केहि निश्कर्ष निकालिएको छ की उमेर अनुसार मानिसले कति पटकसम्म सेक्स गर्नुपर्छ भनेर । किन्जी इन्स्टिच्यूट अफ रिसर्च इन सेक्स, रिप्रोक्डशन एन्ड जेन्डरले गरेको अध्ययन अनुसार वर्षभरिमा कति पटक सेक्स गर्नु उपयुक्त हुन्छ भनेर सार्वजनिक गरेको छ ।  परिणाम निकै रोचक छ । अध्ययनमा १८ देखि २९ वर्षसम्म मानिसले वर्षमा औसत ११२ पटकसम्म यौन सम्पर्क राख्छन् । यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका मानिसले वर्षमा औसत ८६ पटक सेक्स गर्ने गरेको पाइयो भने ४० देखि ४९ वर्ष उमेर समूहका मानिसले वर्षमा ६९ पटक सेक्स गरेको पाइयो । 

vayoda

bp_ad

विवाह पछिको नतिजा
अचम्मको कुरा यो थियो की १३ प्रतिशत नवविवाहिता जोडी यस्ता थिए जसले वर्षभरि मै सेक्स गर्न कम गरि सकेका थिए । त्यस्तै ४५ प्रतिशत दम्पतीले महिनामा कहिलेकाही मात्रै सेक्स गर्ने गरेका थिए ।

फ्रिक्वेन्सी कम हुनुको कारण 
विवाहपछि सेक्सको ‘फ्रिक्वेन्सी’ कम हुनुको कारण जिम्मेवारी बढ्नु पनि हो । जस्तै: हेक्टिक वर्क सेड्युल, घरको काम आदि । एक्सर्ट्सका अनुसार उमेर बढ्नुको साथै मानिसमा रोगले पनि आक्रमण गर्न थाल्छ जसले सेक्सप्रतिको इच्छा कम हुँदै जान्छ ।

के भन्छ अरु तथ्यांकले 
३४ प्रतिशत मानिसले सातामा दुईदेखि तीन पटकसम्म सेक्स गरेको स्विकारे । सात प्रतिशतले सातामा चारदेखि पाँच पटकसम्म सेक्स गर्न रुचाउँथे ।

याद राखौँ
माथि दिइएको तथ्यांकबाट आफ्नो सेक्स लाइफको तुलना गर्नु भन्दा पहिले लामो सास लिनुस् र यो ध्यान राख्नुस की सेक्सको अर्थ मिल्ने साथीसँग राम्रो समय बिताउनु पनि हो । जबसम्म तपाईं र तपाईंको पार्टनर सेक्सबाट सन्तुष्ट बन्छन त्यसले फरक पार्दैन की कति समयसम्म सेक्स गर्नुपर्छ भनेर । 

 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2019-01-06 06:53:25

bnc bathrog

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital