सातामा एक पटकको यौनसम्पर्कले रोक्छ बुढ्यौली 



Download our app to get more features

यौन जीवन र यौन स्वास्थ्यमाथि विकसित देशका अनुशन्धानकर्ताहरूले विभिन्न अध्ययन गरिसकेका छन् ।

कतिपय अध्ययन जारी अवस्थामा पनि छ । सबै जसो अध्ययनले नियमित शारीरिक सम्बन्ध राख्नाले स्वास्थ्यमा कुनै समस्या नहुने तथ्य सार्वजनिक गरेका छन् ।यस्तै अमेरिकामा यौन व्यवहारमा आधारित रहेर हालै एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । उक्त प्रतिवेदनले पार्टनरसँग नियमित शारीरिक सम्बन्ध अर्थात् यौन सम्पर्क राख्नाले बुढ्यौलीलाई रोक्ने उल्लेख छ । पार्टनरसँगको नियमित यौनसम्पर्कले बुढ्यौलीमा देखिने लक्षणाई टाढा राख्ने उक्त अध्ययन रिपोर्टमा उल्लेख छ । सातामा कम्तीमा एक पटक यौन सम्पर्क राखियो भने स्वास्थ्य तन्दुरुत हुनुको साथै बढ्दो उमेर रोक्न मद्दत गर्ने जनाइएको छ । 

उक्त अध्ययन अमेरिकाको सनफ्रान्सिस्कोस्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियामा गरिएको हो । अध्ययन अनुसार सातामा कम्तीमा एक पटक शारीरिक सम्बन्ध राख्दा शरीरमा बुढ्यौलीका लक्षण ढिलो गरि देखिन्छन् । उक्त अध्ययन एक सय २९ दम्पतीको यौन व्यवहारमाथि आधारित थियो । अध्ययनकर्ताले एक सय २९ जना गृहणीको यौन व्यवहारमाथि निगरानी राखेका थिए । जुन दम्पतीले सातामा एकपटक पनि शारीरिक सम्बन्ध बनाउँथे । त्यस्ता व्यक्तिमा टेलोमेयर तथा डिएनएको एक चरणमा पाइने न्यूक्लियोप्रोटिन क्याप्स धेरै संख्यामा लामो समयसम्म रहेको उल्लेख छ । 

उमेरको सम्बन्ध टेलोमेयर्सको लम्बाईसँग सम्बन्धित हुन्छ । टेलोमेयर्सको लम्बाई जति लामो हुन्छ उमेर पनि त्यति नै लामो हुन्छ । अध्ययनका अनुसार बढ्दो उमेरको साथै खराब डाइटका कारण र धेरै मात्रामा अल्कोहल सेवनले टेलोमेयर प्राकृतिक रुपले टुक्रिन सक्छ । तर, सन्तुलित खानपान, शारीरिक सक्रियता बढाएर र नियमित शारीरिक सम्बन्ध राख्नाले टेलोमेयर्सको मर्मत हुनुका साथै त्यसको लम्बाई पनि बढाउन सकिन्छ ।

अध्ययनका अनुसार नियमित यौन सम्पर्क राख्नाले कुनै पनि नोक्सान हुँदैन । त्यसैले सातामा कम्तीमा एक पटक शारीरिक सम्बन्ध राख्नु स्वास्थ्यका लागि उचित मानिएको छ । 
(एजेन्सीको सहयोगमा)

Last modified on 2017-11-11 10:36:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts