चिसोबाट शिशुलाई यसरी जोगाउनुहोस्



Download our app to get more features

जाडो महिनामा सबै उमेर समूहका मानिसमा स्वास्थ्य सम्बन्धी विभिन्न समस्या देखिन्छ ।

बालबालिका र वृद्धवृद्धालाई जाडो मौसमले अझ धेरै प्रभाव पार्छ । मौसममा सामान्य घटबड हुनासाथै उनीहरूमा रुघाखोकी, ज्वरो, टन्सिल, हाडजोर्नी दुख्ने, शरीर सुनिने जस्ता समस्या देखिन थाल्छ । यसकारण जाडो महिना सुरु भएसँगै शरीरको हेरचाह र खानपानमा ध्यान दिन डा. शुनिलराजा मानन्धरको सुझाब छ । 

जाडोमा बालबालिका तथा वृद्धवृद्धामा रुघाखोकी र निमोनियाको संक्रमण उच्च रहन्छ । यस्तो बेला समयमै सावधानी नपु¥याउँदा ज्यानै जाने सम्भावना पनि हुन्छ । दम, क्यान्सर लगायत रोगका बिरामीलाई पनि चिसोले चाडै असर गर्छ । दुई महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा श्वासप्रश्वास सम्बन्धी समस्या धेरै हुन्छ ।

जाडोमा रुघाखोकी, ज्वरो, टन्सिल भए प्रशस्त मात्रामा मनतातो पानी र सुप पिउनु पर्छ । यस्तै हाडजोर्नी दुखे शरीर सुनिएमा चिसो पानीको प्रयोग गर्नु हँुदैन । छाला फुटेमा यसबाट बच्न कोल्ड क्रिम लगाउनु पर्छ । घामबाट छालालाई बचाउनुको साथै बालबालिकालाई चिसोबाट जोगाउनु पर्छ । यसबाहेक निम्न काम गर्न सके बालबालिकालाई चिसोबाट जोगाउन सकिन्छ । 

—बच्चालाई नगुम्साउने तर न्यायो पार्ने ।
—कोठाको तापक्रममा ध्यान दिने ।
—नवजात शिशुलाई आमाको छातीमा टाँसेर राख्ने ।
—झोलिलो खानेकुरा दिने ।
—घाममा राख्ने ।

Last modified on 2019-01-30 07:10:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts