सुत्केरी भएको कति दिनपछि गर्नुहुन्छ यौन सम्पर्क 



Download our app to get more features

गर्भमा शिशु रहने बित्तिकै महिलाको यौन जीवनमा फरक पर्ने हुँदा कतिपयले सोच्छन कि सधैका लागि उनीहरू यौनप्रतिको रुची हराएर जाने त होइन ।

त्यसो होइन, सुत्केरी भएको केही समयपछि उनीहरू सामान्य अवस्थामा आउँछन । तर यो कुरा बुझ्नु पर्छ की सामान्य अवस्थामा सुत्केरी भएपनि वा शल्यक्रियामार्फत सुत्केरी गराइए पनि शरीरलाई सामान्य अवस्थामा फर्कन समय लाग्छ । त्यसो भए बच्चा जन्माइसकेको कति समयपछि यौन सम्पर्क गर्न सकिन्छ त ? यो प्रश्न प्रायः सबै दम्पतीमा आउने गर्छ ।

जानौं यसबारेमा :

प्रतिक्षा गर्नु उचित 
चिकित्सकहरूका अनुसार बच्चा जन्माइ सकेपछि आमालाई ४ देखि ६ सातासम्म आरामको आवश्यकता पर्छ । तर समय महिलाको शारीरिक बनावट र स्वास्थ्य अवस्थामा भर पर्छ । पहिलो पटक आमा भएकाले यो जान्नु जरुरी हुन्छ की सुत्केरी भएको तुरुन्तै यौन सम्पर्क गर्नु हुँदैन । किनकी उनीहरूमा फेरि गर्भ बस्ने सम्भावना हुन्छ । 

धेरै रक्तश्राव हुने 
सुत्केरी भएको केही समयसम्म कतिपय महिलालाई अत्यधिक रक्तश्राव हुने गर्छ । जबसम्म रक्तश्राव पूर्ण रुपले बन्द हुँदैन तबसम्म यौनसम्पर्क नगर्दा राम्रो हुन्छ । यदि सम्पर्क गर्ने इच्छा भए चिकित्सकको परामर्श लिनुपर्छ । 

घाउ हुने 
सामान्य होस् वा शल्यक्रिया, दुबै अवस्थाको सुत्केरीपछि टाका लगाउने गरिन्छ । यस अवस्थामा यौन सम्पर्क गर्दा टाकामा खिचावट आउने हुँदा टाका टुट्ने र घाउ हुन सक्छ । 

संक्रमणको जोखिम
सामान्य र शल्यक्रिया दुबै किसिमको सुत्केरीपछि संक्रमणको खतरा बढेर जान्छ । किनकी दुवै अवस्थामा पाठेघरको आकार ठूलो हुन्छ । जसले गर्दा ब्याक्टेरिया सजिलै पाठेघरमा प्रवेश गर्छ र यो अवस्थामा यौन सम्पर्क गर्नाले इन्फेक्सन हुने खतरा दुई गुणाले बढी हुन्छ । 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-12-09 15:53:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts