यौन सम्बन्धका लागि ३ नम्बर लक्की !



Download our app to get more features

युवा युवती बीचको सन्तुष्ट यौन सम्बन्धबारे एउटा रोचक तथ्य सार्वजनिक भएको छ ।

बेलायतमा हालै भएको एउटा अध्ययनमा कति औं नम्बरको यौन साथीसँगको सम्बन्ध सुखद र फलदायी हुन्छ भन्ने अध्ययन गरिएको थियो । सरदरमा कति जनासंगको यौनसम्बन्ध पछि सम्बन्ध थप बलियो र जादुमयी हुन्छ भनेर नोट्टिङ्घम, व्रिष्ट्रोल र स्वान्सी समेत तीन विश्वविद्यालयका अध्ययनकर्ताहरुले गरेको अध्ययन जर्नल अफ सेक्स रिर्सचले प्रकाशित गरेको छ । 

अध्ययनले तिन नम्बरको अर्थात तेस्रो सम्बन्ध लाई रोचक मानेको छ । र, यो महिला र पुरुष दबैको हकमा लागु हुने अध्ययनको निश्कर्ष छ । अर्थात, तपाँई यौन साथीसँग स्वस्थ र सन्तुष्ट यौन सम्बन्ध कायम गर्न खोज्दै हुनुहुन्छ भने तपाँई तेस्रो हुनुपर्नेछ वा तपाँइको साथीले तपाँइभन्दा पहिले दुई जनासँग यौन सम्बन्ध कायम गरिसकेको हुनुपर्नेछ । यौन जीवन सोचेजस्तै बनाउन तेश्रो नम्बर लक्की हुने अनौठो तथ्य सार्वजानिक गरिएको हो ।

अध्ययनले अर्को रोचक तथ्य पनि बहिर ल्याएको छ ।  यदि कुनै महिलाले सातभन्दा बढि व्यक्तिसँग यौन सम्बन्ध राखेमा उनीहरु कम आर्कषक र यौन क्रियाकलापमा लामो समयसम्म सम्बन्ध कायम गर्न नसक्ने पनि दावी गरिएको छ । अध्ययनका अनुसार पुरुषले भने ११ जनासम्म महिलासँग जादुमयी यौन सम्बन्ध राख्न सक्छन् ।

प्रमुख अध्ययनकर्ता डा.स्टिभ स्टेवार्ट विलिएम्सका अनुसार यौनमा इतिहासदेखिनै रहेको मान्यता भनेको अति धेरै यौन सम्बन्धमा पनि दीर्घकालिन सम्बन्ध स्थापित गर्न एउटा संख्यात्मक सम्बन्ध अनिवार्य शर्त हो । अर्थात आफुँले चाहेको यौन सम्बन्ध स्थापित गर्न महिलाहरु तिन देखि सात र पुरुषहरु तिन देखि ११ सम्मको संख्यामा लामो समयको सम्बन्ध स्थापित गर्ने गर्छन् ।

यो अध्ययन १८ देखि ३५ वर्षको वीचको महिला र पुरुषहरुमा गरिएको हो । अध्ययन प्रतिवेदन अनुसार सहभागीहरु कुमारीत्व तथा पूर्व यौन सम्बन्धको कम संख्यामा यौन सम्बन्ध राख्न इच्छुक देखिएका थिए । यो अध्ययनपूर्व गरिएका अध्ययनहरुले महिलाको हकमा पाँचौ नम्बरलाई लक्की मानिएको थियो भने पुरुषको हकमा ८ औं नम्बर रहेको थियो ।

अहिलेका अध्ययनकर्ता डाविलिएम्सले यौनसम्बन्धको मामलामा महिलाहरु थोरै संख्यामा प्रतिबद्ध हुंदै गएको र पुरुषहरु झन बढि यौन सम्बन्ध कायम राख्न ईच्छुक हुंदै गएको दाबी पनि गरेका छन् ।

 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-12-10 07:36:07

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts