नसर्ने रोग उपचारको विकल्प पूरक चिकित्सा 



Download our app to get more features

२०६१ सालदेखि म यस संस्थामा आबद्ध छु । त्यसबेला पूरक चिकित्सा पद्धति (प्राकृतिकचिकित्सा, फिजियो थेरापी, अकुपंचर, मसाज थेरापी) अवधारणा एकदमै सिमितथियो ।

यो उपचार पद्धतिप्रति सकारात्मक सोच राख्ने मानिस निकै थोरै थिए । मैले थाहापाएको अवस्थादेखि आजको दिनसम्मलाई हेर्ने हो भने पूरक चिकित्सा पद्धति र बिषेशगरी फिजियो थेरापीले ठूलो फड्को मारेको छ ।अहिले पूरक चिकित्सा पद्धति पनि आधुनिकभएको छ जसले गर्दा धेरै मानिसमा सकारात्मक सोच बन्दै गएको छ । 
केही वर्ष अघिसम्म अर्थोपेडिक चिकित्सकहरूले रिफर गरेको आधारमामात्रैपूरक चिकित्सा पद्धतिमार्फत उपचार गर्नबिरामी आइपुग्थे । बिरामीमा रोग पूर्ण गढिसकेपछि वा उपचारनै नहुने अवस्थामा पुगेपछि प्राकृतिकउपचार पनि गरौं न तभनेर आउथे । तर, आजभोलि, पूरक चिकित्सा पद्धतिबाट पनि रोग निको पार्न सकिन्छ भन्ने सोच राख्नेको संख्या बढ्दो छ । 

के हो पूरक उपचार पद्धति?
प्राकृतिकचिकित्सा, फिजियोथेरापी, अकुपञ्चर, मसाज थेरापीलगायत पूरक चिकित्सा पद्धति हुन् । यो पद्धतिबाट उपचार गर्दा कुनै साईड इफेक्ट हुँदैन । यो उपाचार पद्धतिमा बिषेश अवस्थामाबाहेक औषधिको नभई हावा, पानी, माटो, तेल, सियोको प्रयोग गरेर उपचार गरिन्छ । हाडजोर्नी सम्बन्धी समस्याभएका र अर्थोपेडिक चिकित्साले अप्रेसनगर्नुपर्छ भनेका ८०प्रतिशतरोगको यो पद्धतिमार्फतविनाअप्रेसननिको पार्न सकिन्छ ।बिरामीतथाउसकाआफन्तलाईअप्रेसननगरी निको हुन्नकी भन्ने मानसिकताभएका कारण पूरक चिकित्सा पद्धतिबाट उपचार गर्न हिचकिचाउने गरेकाछन्।हाडजोर्नी, पेट सम्बन्धी समस्याभएका, साईनासाइटिसका (पिनासको समस्याभएका) बिरामीलाई अप्रेसननगरी यस्ता विधि प्रयोग गरेर उपचार गर्न सकिन्छ भन्ने बुझाउनअवश्यक छ । 

पूरक चिकित्साबारे गलत धारण
बजार व्यवस्थापनगर्न नसक्नु, जनचेतना फैलाउननसक्नु, सम्बन्धितनिकाय (स्वास्थ्यमन्त्रालय, आयूर्वेद विभागलगायत) को योजना, नीतितथाकार्यक्रममा पूरक चिकित्सा पद्धति नपर्नु गलत हो । जसका कारण बिरामीप्रत्यक्ष रुपमानभई घुमाउँरो तरिकाले पूरक चिकित्सा पद्धति अपनाउँन बाध्य छन् । बिरामीहरू अन्तिम अवस्थामा मात्रै आईपुग्ने अवस्था छ ।स्थानीय स्तरमा यस सम्बन्धीजनचेताको बिस्तार गर्नु अत्यन्तै अवश्यक छ । साथै सरकारले पनि पूरक चिकित्सालाई प्राथमिकतामा राख्न जरुरी छ । 

यो चिकित्सा पद्धतिले शतप्रतिशत रोगको उपचार गर्ने होईन ।तर, नसर्ने रोगहरूको उपचारमा निकै लाभदायक छ । पक्षघात, हड्डी खिईने, नशाच्यापिने, अल्सर, पिनास, पाइल्सको उपचारमा यो विधि निकै ससंक्त छ । केहीहदसम्म सुगर र उच्च रक्तचापका बिरामीको पनिउपचार हुन सक्छ । 
पूरक तथा वैकल्पिकचिकित्सा पद्धतिलाई हेर्ने स्वाथ्य मन्त्रालयमा विभाग नै छैन । यदि स्वास्थ क्षेत्रको बजेट मध्येएक प्रतिशत मात्रै पूरक चिकित्सा पद्धतिका लागिदिने हो भने यो पद्धतिप्रति नागरिकको सकारात्मक सोच अझै बढ्नेछ ।सञ्चारमाध्यमले पनि पूरक चिकित्सा पद्धतिलाई प्राथकितामा राखेका छैनन् । हामीले मिडियाप्रतिझुकाव राखेको अवस्थामामात्र माध्यमहरूमा यस सम्बन्धी सूचना आउँछन ।

पहिले र अहिले पूरक चिकित्सा पद्धति 
१४ बर्ष अगाडीसम्म पनि नेपालमा फिजियोथेरापी मेसिन उपलब्ध थिएन । फिजियोथेरापिष्टहरूको संख्या त झनै न्यून थियो । थोरै मात्र पढेर फिजियो थेरापिष्ट भएकामानिसको वर्चश्व थियो ।तत्कालिनअवस्थामाअध्ययन गरेर आउनुभएका डा.सुनिलकुमार पौडेल, डा. अनिलकुमार महतो जस्ता व्यक्तिलाई डाइरेक्टर बनाएर अस्पतालको सुरुवात गराएको थियो । 

सुरुमा विभिन्न अस्पतालमा गएर पूरक चिकित्सा पद्धतीबाट ठीक हुनसक्ने रोग लागेका बिरामी र तिनको आफन्तलाई भेटेर हाडजोर्नी, पक्षघात निको पार्न सकिन्छ भनेर मार्केटिङ गर्ने गरेका थियौ । त्यो समयमानामचलेका एक चिकित्सकसँग बिरामी रिफर गर्न आग्रह गर्दा पूरक चिकित्सा पद्धतिप्रति मानिस सकारात्मक छैन भनेको अझै पनि सम्झन्छु । त्यति बेलाअत्याधुनिक मेसिन पनि थिएनन् र जनशक्तिपनिकमथिए । 

हामीले जसरी संघर्ष ग¥यौं, जसरी बीरामी माँझ लैजान सक्यौं जसले गर्दा हामीसँगआजअत्याधुनिक मेसिन छन् । प्रर्याप्तमात्रामाजनशक्ति छन् । दैनिक सयौंको संख्यामाओपीडिमा बिरामीआउने गरेका छन् । भौतिकपूर्वाधार विकासको आधारमा पनि अहिले पूरक चिकित्सा पद्धतिव्यापक बनिसकेको छ । दुई कोठाबाट सुरु गरेको स्पार्क हेल्थहोम अस्पतालको अहिले काठमाडौंको विभिन्न तीन स्थान र ९शाखामा विस्तार भएको छ ।

हामी यहाँ उपचार मात्रै गर्दैनौं ।जीवनका विभिन्नपक्ष बारे ज्ञान दिन्छौं । खानेकुराको तालिकामिलाउने, योगालगायतका बिषयमापनिजानकारी दिन्छौं ।जसले हाडजोर्नी दुखाई, ढाडको समस्या,नशाच्यापिने समस्याबाट जोगिने कलासिकाउँछौं । 
बजारमा थेरापीको नाममा धेरै मसाज केन्द्र पनि छन् । थेरापी र मसाज फरक हुन् । हामी फिजियोथेरापी, रिह्याभिटेसन, मसाजलगायतका सेवा दिन्छौं भन्दामसाज केटाले गर्छन की केटीले भनेर सोध्नेहरू पनि छन् ।मसाजबिषेशतदुई प्रकारका हुन्छन् । एक त आरामकालागिगरिने मसाज र अर्को उपचारका लागिगरिने मसाजअर्थात थेरापी । अस्पतालबाहेक अन्यत्र सञ्चालितमसाज आरामकालागिदिइने मसाजहुन् ।

राष्ट्रियस्तरका खेलाडीहरू स्पार्क हेल्थहोम अस्पतालमा नियमित चेकअपतथाउपचारका लागिआउने गरेका छन् । उनीहरूको संगतले आफै पनि खेलकुदसँगजोडिन पुगेको छु । म एन्फाको प्रतियोगिताआयोजक कमिटिको उपाध्यक्ष पनि हुँ । 

स्पार्क हेल्थहोम अस्पतालका योजना
कोठाबाट सुरु भएको डेढ दशकको अन्तराल स्पार्क हेल्थ होम अस्पतालसँग आज काठमाण्डौमा तीनसहित देशभर ९ वटा शाखा छन् । अस्पतालले आगामी एक बर्ष भित्र फिजियोथेरापी, अकुपञ्चरका लागि डिप्लोमाको कोर्स अध्यापन गराउने गरी कलेज स्थापना गर्ने लागेको छ । यो सेवालाई चितवनको भरतपुर र रुपन्देहीको बुटवलमा पनि बिस्तार गर्ने योजना छ ।

अन्त्यमा,
नेपाली समाज जसरी पूरक चिकित्सा पद्धति स्थापित हुनुपर्ने थियो त्यो रुपमा स्थापित हुन अझै सकेको छैन । यो हाम्रो एकल प्रयासले सम्भव पनि छैन । यो बिषयमा सम्बन्धित निकाय र मिडियाको पनि ठूलो भूमिका रहन्छ । चिकित्सकले पनि अप्रेसन गर्नुपूर्व एक पटक प्राकृतिक चिकित्सा प्रयोग गर्न सुझाव दिनुपर्छ । यदि यस्तो भयो भने नेपालमा प्राकृतिक चिकित्सा पद्धति बिस्तारहुनसक्छ । 

(कुराकानीमा आधारित)
 

Last modified on 2018-02-07 14:06:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts