दाइजो नपाएको निहुँमा ‘श्रीमानले नै चोरे एउटा मिर्गाैला’



Download our app to get more features

बीबीसी | भारत पश्चिम बंगालकी महिलाकी एक महिलाको अनुसार उनका श्रीमालेले नै मिर्गौला चोरेर बेचेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुई वर्षअघि उनलाई पेट दुखेको बेला अस्पतालमा एपेन्डिसाइटिसको उपचार गर्न भनेर श्रीमानले लगेको र सोही बेला मिर्गाैला बेचेका थिए।

सन् २०१७ को अन्त्यमा दुईवटा फरक मेडिकल परीक्षणले उनको एउटा मिगौला नभएको देखाएको थियो ।

ती महिलाले उनका श्रीमानले बेलाबेला दाइजोको माग गर्ने गरेको आरोप लगाएकी छन् ।

महिलाका लागि भारत कति सुरक्षित ?
परम्परागत रूपमा बेहुलीका परिवारले बेहुलाको परिवारलाई दिने दाइजोमाथि भारतमा सन् १९६१ मा प्रतिबन्ध लगाइएको थियो।

पीडित भनिएकी रीता सरकारले आफू दाइजोका कारण वर्षौंदेखि घरेलु हिंसामा पर्दै आएको बताएकी छन् ।

हिन्दुस्तान टाइम्सले उनलाई उद्धृत गर्दै लेखेको छ, ‘मेरा श्रीमान्‌ले मलाई कोलकातास्थित निजी नर्सिङ होममा लगे जहाँ मलाई मेरा श्रीमान् र त्यहाँका कर्मचारीले शल्यक्रियाबाट सुन्निएको एपेन्डिक्स हटाए ठिक हुने बताएका थिए ।’ उनले थपिन ‘मेरो श्रीमानले कोलकातामा भएको उपचारबारे कसैलाई केही नभन्न सचेत गराएका थिए ।’

महिनौँपछि उनलाई बिसन्चो भयो र परिवारका सदस्यले उनलाई अस्पताल पुर्‍याए ।

उपचारका क्रममा उनको दाहिने मिगौला नभएको पत्ता लागेको उनले बताइन् ।

दोस्रो परीक्षणले उनको मिर्गाैला नभएको प्रमाणित भयो ।

‘मैले त्यसपछि बुझेँ किन मेरो श्रीमानले मलाई यसबारे कसैलाई नभन्नू भनेका थिए,’ उनले हिन्दुस्तान टाइम्सलाई बताएकी छन् ।

‘मेरो परिवारले दाइजोको माग पूरा गर्न नसकेको हुनाले उनले मेरो मृगौला बेचेका हुन् ।’

द टेलिग्राफले प्रहरी निरीक्षक उदयशंकर घोषलाई उद्धृत गर्दै लेखेको छ, ‘हामीले अवैध धन्धामा संलग्नता रहेको आशंका गरेका छौँ । मानव अंग प्रत्यारोपण प्रावधानअन्तर्गत हामीले मुद्दा दर्ता गरेका छौँ । हामीले तीन जनाविरुद्ध हत्या प्रयास र श्रीमतीलाई यातना दिएको अभियोग लगाएका छौँ ।’

Last modified on 2018-02-09 09:17:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts