प्रसूतिपछि उपयोगी परिवार नियोजनका साधनहरु



Download our app to get more features

आइयुसिडी यो महिलाको पाठ्घरमा राख्ने एउटा प्रभावकारी साधन हो ।

यसलाई महिला प्रसूति भएपछि साल निस्कनासाथ १० मिनेटभित्र राख्नुपर्छ । नभ्याएमा बच्चा जन्मेको ४८ घण्न्टाभित्र, शल्यक्रिया गएिको समयमा, सुत्केरी भएको चार हप्ताभित्र राख्न सकिन्छ । एकपटक राखेपछि यसले १२ वर्ष सम्म काम गर्छ । आइयुसिडी ९९ प्रतिशत प्रभावकारी मानिन्छ । यदि महिलालाई पुनः गर्भधारण गर्न मन लागेमा तालिमप्राप्त स्वास्थ्यकर्मीले सहज रुपमा निकाल्ने गर्दछन् । बच्चाको स्तनपानमा यसले कुनैपनि असर गर्दैन ।
इम्प्लान्ट

इम्प्लान्ट महिलाको पाखुरामा दक्ष चिकित्सकबाट राख्ने गरिन्छ । स्तनपान गराइरहेका महिलाले बच्चा जन्माएको ६ हप्तापछि इम्प्लान्टको प्रयोग गर्न सक्छन् । इम्प्लान्ट एकपटक राखेपछि पाँच वर्षसम्म काम गर्न सक्छ । यो पनि प्रभावकारी हुने र आवश्यक परेमा पुनः गर्भधारण गर्न सकिने हुन्छ । यसको प्रयोगले बच्चामा स्तनपानको असर पर्दैन ।

स्थायी बन्ध्याकरण

महिला वा पुरुषले गर्ने स्थायी बन्ध्याकरण प्रभावकारी बिधि हो । स्थायी बन्ध्याकरण गर्दा सानो शल्यक्रियाको आवश्यकता पर्छ । बच्चा जन्माएको सात दिनदेखि ६ हप्ताभित्र महिलाले बन्ध्याकरण गर्न सक्छन् । पुरुष बन्ध्याकरण भने जुनसुकै समयमा पनि गर्न सकिन्छ ।  यो विधि अपनाएपछि पुनः अर्को बच्चा हुँदैन । पूर्ण रुपमा बन्द हुने भएकाले बच्चाको आवश्यत्तःा पूरा भएपछि यो विधि अपनाउन सकिन्छ ।

स्तनपान विधि

सुत्केरी महिलाले बच्चा जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान मात्र गराएमा यसले गर्भधारण हुनबाट बचाउँछ । यो विधि प्रभावकारी बनाउन बच्चालाई पूर्ण रुपमा स्तनपान मात्र गराउनुपर्दछ । अन्य खाना वा झोल खुवाएको हुनुहुँदैन । बच्चा ६ महिलाभन्दा कम उमेरको हुनुपर्छ । महिलाको महिनावारी फर्केको हुनुहुँदैन । यी सबै अवस्था पूरा भएको खण्डमा ९८ प्रतिशत गर्भ रहँदैन । यीमध्ये कुनै एउटा प्रभावकारी भएन भने गर्भ रहन सक्छ । त्यसैले अर्को विकल्प अपनाउनुपर्ने हुन्छ ।

तीनमहिने सुई 

गर्भ रोक्न महिलाले प्रत्येक तीन–तीन महिनामा सुई लगाउनुपर्छ । स्तनपान गराइरहेका महिलाले बच्चा जन्मिएको ६ हप्तापछिबाट मात्रै यो सुई लगाउन मिल्छ । यसको प्रभावकारिता पनि अरुको जस्तै हुन्छ ।

पिल्स

यो प्रत्येक दिन एउटै समयमा एक चक्की खाने गर्नुपर्छ । बच्चलाई स्तनपान नगराउने महिलाले मत्रै पिल्सको प्रयोग गर्नुपर्छ । समान्य प्रयोगकर्ताहरुमा ९२ प्रतिशत प्रभावकारी हुन्छ । यसमा भएको औषधिले आमाको दूधको मात्रा घटाउने गर्छ । त्यसैले स्तनपान गराउने महिलाले यसको प्रयोग गर्नु हुँदैन ।

कन्डम

कन्डम पुरुषले प्रयोग गर्ने अस्थायी साधन हो । यो कुनै पनि समयमा प्रयोग गर्न सकिन्छ । सामान्य प्रयोगकर्तामा यसको प्रभावकारिता ८५ प्रतिशत रहेको पाइन्छ । यसको प्रयोगले स्तनपानमा कुनै समस्या पार्दैन । कन्डमको प्रयोगले एचआइभी एड्सबाटसमेत बचाउँछ ।

 

Last modified on 2018-10-21 08:32:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts