आखिर किन राति हल्का खाना खान सल्लाह दिइन्छ ?



Download our app to get more features

हामीलाई सँधै राति हल्का खाना खान सल्लाह दिइन्छ ।

तर, के तपाईले कहिल्यै जान्न खोज्नुभयो, आखिर किन हामीलाई राति हल्का खाना खान सल्लाह दिइन्छ भनेर । हालै गरिएको एक अध्ययन अनुसार तपाई कुन बेला, के खानु हुन्छ र कसरी खानु हुन्छ, त्यसले तपाईँको स्वास्थ्यमा गम्भिर असर परिरहेको हुन्छ ।

खानाको गुण र मात्रा स्वास्थ्यका लागि जिम्मेबार हुन्न, तपाईको खाना खाने समयले पनि स्वास्थ्यका लागि धेरै नै महत्व राख्छ । बिहानको ब्रेकफास्ट पोषक तत्वले भरिएको र शक्ति दिने खानुपर्छ भने रातिको खाना हल्का र स्वस्थ हुनु पर्छ ।

तर, के तपाईलाई थाहा छ राति किन हल्का खाना खाने ?

१. यदि तपाई रातिको समय धेरै नै मसालेदार, तेल भएको खाना खाँदा तपाईको तौल बढ्ने हुन्छ । साथै पाचन प्रक्रिया पनि ठूलो प्रभाव पर्ने हुन्छ । । रातिको समय यस्ता खाना खानाले निद्रा राम्ररी नलाग्ने र ग्यासको समस्याले सताउँछ ।

२. राति खाना खाइसकेपछि धेरैजसो मानिस तुरुन्तै गएर सुत्ने गर्छन् । यस्तो बानीले बोसो बढाउने हुन्छ । जबकि दिनको समय सक्रिय रहनाले बोसो जम्ने समस्या नहुने हुँदा बेलुका हल्का खानु पर्छ ।

३. रातिको समय हल्का खाना खानाले ब्लड शुगर पनि नियंत्रणमा रहन्छ । त्यसैले प्रयास गर्नुपर्छ कि खाना खाइसकेपछि एक दुई घण्टा पछि मात्र सुत्नु पर्छ ।

४. रातिको हल्का खाना खानाले बिहान शरीर हल्का रहने र शक्तिको मात्रा पनि बनिरहन्छ । यसका साथै मूडपनि राम्रो राख्नमा मद्दत गर्छ ।

५. रातिको खाना मसालेदार र तेल भएको खाना खानेहरुमा प्रायः ग्यास र कब्जीयतको समस्या हुन्छ जुन स्वास्थ्य सम्बन्ंधी अन्य समस्यालाई पनि निम्त्याउन सक्छ ।

त्यसैले यदि तपाई सँधै स्वस्थ रहन चाहनु हुन्छ भने रातिको समय हल्का खाना खानु राम्रो मानिन्छ ।   


 

Last modified on 2018-03-07 15:57:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts