शिक्षामन्त्री पोखरेलले लिए डा.देवकोटाको स्वास्थ्यबारे जानकारी

स्वास्थ्य र शिक्षा क्षेत्रमा भएको अनियमितता हटाउन डा.देवकोटाको माग



Download our app to get more features

काठमाडौं, २९ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिजामणि पोखरेलले अस्पतालमा उपचाररत डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

शुक्रबार बांसबारीस्थित न्यूरो अस्पताल पुगेर शिक्षा मन्त्री पोखरेलले डा. देवकोटाको स्वास्थ्यबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरे । भेटका क्रममा शिक्षामन्त्री पोखरेलले विश्वमै चर्चित न्यूरो सर्जन डा.देवकोटाको शिघ्र स्वास्थ लाभको कामना गदै  भने,‘तपाईं एक महत्वपूर्ण व्यक्ति हुनुहुन्छ र राष्ट्रलाई तपाईंको आवश्यकता छ ।’

उनले डा. देवकोटालाई भने, ‘तपाईं छिट्टै निको हुने अपेक्षा सम्पूर्ण नेपालीलाई छ, आम नेपालीको कामनाले तपाईं चाडै पुनः जनताको सेवामा फर्कनु हुने विश्वास छ ।’

‘न्युरोलोजिकल मेडिकल विज्ञानलाई थप व्यवस्थित र सहज बनाउन तपाईंको आवश्यकता छ’ उनको भनाई थियो । मन्त्री पोखरेलले मेडिकल शिक्षा सम्बन्धि पोष्ट ग्रेजुएटलाई सर्वसुलभ र सहज बनाउन सकिन्छ धारणा राखेका थिए । मन्त्री पोखरेलले थपे,‘चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर अझै राम्रो बनाउन सकिन्त तर त्यसका लागि तपाईं जस्तो विशेष व्यक्तिको सल्लाह, सुझाव र सहकार्यको अपेक्षा छ ।’

त्यस्तै डाक्टर देवकोटाले शिक्षामन्त्री गिरिराजमणि पोखरेल स्वास्थ र शिक्षामा महत्वपूर्ण व्यक्ति भएको बताए । उनले मन्त्री पोखरेलले बिगतमा राम्रो काम गरेका छन् भन्दै नीति निर्माणमा पोखरेलले राम्रो काम गरेको बताए । स्वास्थ्य र शिक्षा क्षेत्रमा भएको बेतिथी, अनियमितता हटाउन शिक्षा मन्त्रीलाई डा. देवकोटाले अनुरोध समेत गरेका थिए । सामान्य नागरिक र सर्वसाधारणले पनि पढ्न सक्ने वातावरण बनाउन उनले मन्त्री पोखरेलसँग माग पनि गरे ।

डाक्टर देवकोटाको स्वास्थ्यमा राम्रो सुधार आएको शिक्षामन्त्रीका निजि सचीव बिनोद न्यौपानेले जानकारी दिए । 
 

Last modified on 2018-05-12 13:16:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts