मह, मधुमास र हनिमुन



Download our app to get more features

आयुर्वेदले महलाई महाऔषधि भन्ने गरेको छ । ‘खाए पनि ठिक, लाए पनि ठिक’ भन्ने टुक्का महको प्रयोगसंग सम्बन्धित छ । 

महको गुणहरुको बारेमा प्राय धेरैलाई थाहा नै छ । आयुर्वेद अनुसार मह अमलपित्त रोग, दमको रोग, रुघा खोकी लागेमा, टन्सिल भएमा, पखाला लागेमा, अल्काई भएमा, घाँटी बसेमा अथवा अन्य थुप्रै शारीरिक समस्याहरुमा महलाई औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । आयुर्वेदका अनुसार महको प्रयोगले घाउचोट निको पार्ने, कपालको चाँया कम गर्ने, शरीरमा ताकत बढाउने र छालामा भएको संक्रमण समेत हटाउने काम गर्छ । 

यो बाहेक महले यौन जीवनमा पनि ठूलो अर्थ राख्छ । महको सम्बन्ध यौन स्वास्थ्यसंग पनि छ भन्ने कुरा हामी सबैलाई थाहा नहुन पनि सक्छ ।

कुनै पनि शब्दको निर्माण त्यसै हुँदैन । पश्चिमा देशहरुमा सुहागरात पछिको समयलाई हनि–मुन भनिन्छ । हनीमुन शब्दको प्रयोग पश्चिमा समाजबाट हाम्रो समाजमा पनि विस्तार भइसकेको छ ।  
मनमा  प्रश्न उठ्न सक्छ कि, यो समयलाई किन स्वीटमुन वा अरु केही भनिएन ?

समाजले महलाई यौनसुख सँग तुलना गरेपछि यस समयलाई हनिमुन भनिएको हो । त्यस्तै यता पूर्वीय समाजमा विवाहको पहिलो महिनालाई मधुमास भनिन्छ । मधु भनेको संस्कृतमा मह हो र मास भनेको महिना । यहाँ पनि विवाहपछिको शुरुवाती दिनहरुलाई मीठो एवं गुलियोको संज्ञा दिएको छ ।

यस कुराबाट यो पुष्टि हुन्छ कि महको सम्बन्ध यौन स्वास्थ्यसंग पनि छ ।
 
महको प्रयोग गर्ने पुरुषमा हेट्रोजीन र महिलामा अक्टिोसिनको थप विकास हुन्छ । जुन यौनसंग सम्बधित हर्मोनहरु हन् । यी हर्मोनले युवायुवतीको यौन चहानामा वृद्धि गर्नुका साथै यौन सन्तुष्टी  समेत दिलाउँछ । 

नवविहाहित जोडीको पहिलो आनन्द भनेकै सुन्दर यौनसम्बन्ध हो । यसलाई महसँग दाँजेर नामाकरण र व्याख्या भएकाले यौन जीवनलाई सुन्दर बनाउन महको सेवनमा जोड दिइन्छ । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-05-19 14:32:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts