नेपाल क्यान्सर अस्पतालमा गैरआवासीय नेपालीलाई विशेष छुट, परिवारका सदस्यलाई समेत सहुलियत



Download our app to get more features

काठमाडौ ७,जेठ । ललितपुरको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र गैर आवासीय नेपाली संघ (एनआरएनए )बीच उपचारमा विशेष छुट दिइने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अस्पतालले सोमवार आयोजना गरेको एक कार्यक्रममा एनआरएनका सदस्यहरुलाई छुट सहितको क्यूआर कार्डबाट बेड, प्याथोलोजी ,रेडियोलोजीका सेवामा १५ प्रतिशतसम्म छुट अस्पतालले दिनेछ । त्यस्तै एनआरएनका परिवारका सदस्यहरुलाई उतm सेवामा १० प्रतिशत सम्म छुट दिने पनि सम्झौतापत्रमा उल्लेख गरिएको छ । यो स्किम अन्तर्गत रेडियोथेरापीमा ७ प्रतिशत र फार्मेसी सेवामा ५ प्रतिशत छुट दिने सम्झैता भएको छ ।

सो अवसरमा नेपाल क्यान्सर अस्पतालका अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपाल तथा विदेशमा बसोबास गर्ने जोकोही नेपालीहरु क्यान्सर उपचारका लागी विदेशमै जानु नपर्ने भन्दै विदेशमा पाउने सबै सेवा सुविधा नेपालमा नै उपलब्ध भएको जानकारी दिए । उनले नेपाल क्यान्सर अस्पतालमा जुनसुकै क्यान्सरको उपचारसम्भव रहेको दावी गरे ।

उक्त अवसरमा एनआरएनएकी उपाध्यक्ष सपिला राजभण्डारीले क्यान्सर रोगको परीक्षण र उपचारका लागि नेपालमा नै प्रशस्त उपचार सुविधा उपलब्ध भएको भन्दै विदेशमा महंगो रकम तिरेर जान आवश्यक नभएको बताइन् । नेपालमै उपलब्ध भएको गुणस्तरीय उपचार सेवा प्राप्त गर्न गैर आवसीय नेपाली संघले क्यान्सर अस्पतासँग सम्झौता गरेको बताइन् । 

Last modified on 2018-05-22 11:05:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts