डा.देवकोटालाई श्रद्धाञ्जली दिन न्युरो अस्पतालमा भीड,दिउँसो ३ बजे अन्त्येष्टी



Download our app to get more features

काठमाडौं,५ असार । हिजो निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई श्रद्धाञ्जली दिन बाँसबारीस्थित न्युरो अस्पताल प्राङ्गणमा आफन्त तथा शुभेच्छुकको बिहानैदेखि भीड लागेको छ ।

दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि शव राखिनेछ । श्रद्धाञ्जलीका लागि विभिन्न पार्टीका नेता कार्यकर्ता, कलाकार,पत्रकार,आफन्त तथा शुभेच्छुकहरुको भीड लागिरहेको छ ।

स्वर्गीय देवकोटाको शिरमा ढाका टोपी लगाइएको छ । डा. देवकोटाको दिउँसो ३ बजे पशुपति आर्यघाटमा दाहासंकार हुने परिवारले जनाएका छन् ।

डा. देवकोटाको हिजो साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको न्युरो अस्पतालले जानकारी गराएको थियो ।
 

Last modified on 2018-06-21 14:29:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts