डा.देवकोटालाई श्रद्धाञ्जली दिन नेतादेखि कलाकारसम्म (फोटोफिचर)



Download our app to get more features

काठमाडौं,५ असार । हिजो निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई श्रद्धाञ्जली दिन बाँसबारीस्थित न्युरो अस्पताल प्राङ्गणमा आफन्त तथा शुभेच्छुकको बिहानैदेखि भीड लागेको छ ।

दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि शव राखिनेछ । श्रद्धाञ्जलीका लागि विभिन्न पार्टीका नेता कार्यकर्ता, कलाकार,पत्रकार,आफन्त तथा शुभेच्छुकहरुको भीड लागिरहेको छ । नेकपाका अध्यक्ष प्रचण्डदेखि राप्रपा अध्यक्ष कमल थापासम्म न्युरो अस्पताल पुगेर श्रद्धाञ्जली दिएका छन् ।

स्वर्गीय देवकोटाको इच्छाअनुसार उनको शवको शिरमा ढाका टोपी लगाइएको छ । डा. देवकोटाको दिउँसो ३ बजे पशुपति आर्यघाटमा दाहासंकार हुने परिवारले जनाएका छन् ।

डा. देवकोटाको हिजो साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको न्युरो अस्पतालले जानकारी गराएको थियो ।

हेरौं केही फोटोफिचर

 

 

 

Last modified on 2018-06-21 14:29:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts