राजकीय सम्मानका साथ डा. देवकोटाको अन्त्यष्टि

(फोटो फिचर)



Download our app to get more features

काठमाडौं, ५ असार । पित्तथैलीको क्यान्सरका मृत्युवरण गरेका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटस्थित विद्युतीय शब दाहगृहमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । उनलाई पत्नी डा. मधु दिक्षित देवकोटा र छोरीहरूले दागबत्ती दिएका थिए ।

 

अन्त्यष्टि कार्यक्रममा कार्यरवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले डा. देवकोटाको शवमा नेपालको झण्डा ओढाएका थिए । उनलाई श्रद्धान्जली दिन विभिन्न पार्टीका नेता तथा सर्वसाधारणको भीड लागेको थियो । डा. देवकोटाको मृत्यु सोमबार साँझ भएको थियो । 

 

शब्द तस्विर : मधुसुदन ढकाल

Last modified on 2018-06-21 14:28:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts