स्वास्थ्य मन्त्रालयको वेभसाइटमा अटाइनन् सचिव डा. चौधरी



Download our app to get more features

काठमाडौं, १९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेभसाइटमा स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको नाम कतै पनि उल्लेख छैन । डा. चौधरी मन्त्रालयमा फर्केपछि दुई जना सचिव रहेका छन् । मन्त्रालयको साइटमा केदारबहादुर अधिकारी सचिवको मात्रै नाम खुलाइएको छ ।

डा. चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेसँगै उनको नाम हटाइएको थियो । तर सर्वोच्च अदालतले उनको सरुवा कानून विपरित भएको भन्दै पुनः स्वास्थ्य मन्त्रालयमै राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनी स्वास्थ्य मन्त्रालयमा पदस्थापन भइसकेकी छन् । तर उनी सचिव हुन भनेर वेभसाइटमा भने उल्लेख गरिएको छैन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा अदालतको आदेशपछि डा. पुष्पा चौधरी पुर्नबाहाली भएसँगै मन्त्रालयमा दुई जना सचिव भएका छन् । 

Last modified on 2019-01-04 07:27:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts