एचएले सिठि बजाएर गरे आन्दोलन, वार्ता अझै मिलेन



Download our app to get more features

काठमाडौं, २ माघ । आन्दोलनरत हेल्थ असिस्टेन्ट (स्वास्थ्य सहायक) हरुले आज माइतिघरमा सिठि बजाएर सरकारलाई दबाब दिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचएहरुको माग पुरा गर्न गम्भीर नभएको संघका उपाध्यक्ष दिपेन्द्र खड्खाले बताए । उनले एचएको आवाज मसिनो भएकाले मन्त्रालयले नसुनेको भन्दै सिठि बजाएर मन्त्रालयलाई सुनाएको बताए । नौ दिन देखि जारी हेल्थ अस्सिटेण्टको आन्दोलन सरकारसंग सहमति नहुँदा जारी छ । स्वास्थ्य चौकीको प्रमुख सिअहेव पनि हुने सम्बन्धि स्वास्थ्य मन्त्रालयले बनाएको संगठन संरचनाको विरोध गर्दै एचएहरुले दवावमुलक कार्यक्रम गर्दै आएका छन् । 

गत पुस २३ गते मन्त्रालयमा आफ्ना असन्तुष्टि सहितको ज्ञापनपत्र बुझाएका एचएहरुको नौ दिन बित्दा समेत माग पुरा भएको छैन । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले एचएका माग सम्बोधन गर्न तीन सदस्यीय बार्ता टोली गठन गरेको छ । हिजो भएको हेल्थ असिस्टेन्ट र सरकारी पक्षको बार्ता बिना निश्कर्ष टुंगिएको छ । 

हेल्थ असिस्टेण्टको तर्फबाट बार्तामा गएका टोलिले  मन्त्रालयले मन्त्रीपरिषदमा पठाएको प्रस्ताव तत्काल फिर्ता गर्नुपर्ने अडान राखेका थिए भने मन्त्रालयले एकपटक सिअहेवलाई पनि कार्यलय प्रमुख दिनुपर्ने निर्णय मान्न फकाइरहेको छ । 

मन्त्रालयको यस्तो प्रस्तावलाई लिएर अहिले देशैभरका एचए आन्दोनमा छन् । दवावमुलक कार्यक्रम गर्ने उनीहरुलाई मन्त्रालय प्रवेसमा रोक लगाइएको छ ।

Last modified on 2019-01-17 06:27:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts