औषधि उद्योगी हरिभक्त शर्मालाई ‘सुप्रबल जनसेवा श्री’ 



Download our app to get more features

काठमाडौं, १ बैशाख । नेपालका अग्रणी औषधि उद्योगीमध्येका हरिभक्त शर्माले सुप्रबल जनसेवा श्री पदक प्राप्त गरेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार शर्मालाई पदक प्रदान गर्नुभएको हो । नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष समेत रहेका शर्मा औषधि उद्योगीका रुपमा झण्डै तीनदशकदेखि सक्रिय छन् । उनको देउराली जनता फर्मास्युटिकल औषधि उत्पादनको क्षेत्रमा नेतृत्व रहँदै आएको छ । 

औषधि उद्योगीका अलावा शर्मा उद्योगीहरुको संगठन नेपाल उद्योग परिसंघमार्फत पनि सक्रिय छन् । शर्मा उद्यमशिलता प्रवद्र्धन गर्ने क्रियाकलापमा पनि सहभागी हुने र्गछन् । स्वदेशमै औषधि उत्पादनलाई बढाउने पर्ने शर्माको भनाइ छ । 

राष्ट्रपतिबाट सम्मानित हुने शर्मा एक्ला औषधि उद्योगी हुन् । 
 

Last modified on 2019-04-15 14:49:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts