प्रत्यारोपण केन्द्रका नर्सको १८ औं दिनसम्मको आन्दोलन निरर्थक



Download our app to get more features

काठमाडौं, २८ वैशाख ।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सले  लामो समयसम्म गरेको आन्दोलन निरर्थक भएपछि अनसन सुरु गरेका छन् ।

केन्द्रकै नर्स  तथा नेपाल नर्सिङ संघकी सदस्य दिक्की शेर्पाले शुक्रबार बेलुका ६ बजेबाट अनसन सुरु गरेकी हुन् । त्यस्तै, संघकै  सदस्य जीता बरालले पनि सम्पूण नर्सको न्यायका लागि भन्दै शुक्रबार दिउँसो दुईबजे बाट लाजिम्पाटस्थित संघको कार्यालय अनसन सुरु गरेकी छन् । 

सबै कर्मचारीहरुलाई समयमै तलब प्रदान गर्नुपर्ने, सरकारी अस्पतालमा पाईने सेवा सुविधा उपलब्ध गराइनु पर्ने,  पुरानो कर्मचारीलाई स्थायी गरिनुपर्ने, पुरानो कर्मचारीको कार्यसम्पादन मुल्याकंनको आधरमा ग्रेडिङ गरिनुपर्ने लगायतका माग राखि केन्द्रका नर्सहरु १८ दिनदेखि आन्दोलनमा उत्रिएका थिए ।  

तर, केन्द्र, संघ र मन्त्रालयबीच समेत बस्दै आएको अहिलेसम्मको बैठक  निष्किर्शविहीन भएपछि आन्दोलनको १८ औं दिनदेखि अनसन सुरु गरिएको अनसनरत नर्स शेर्पाले बताइन् ।

आन्दोलनको १९ औं दिन भइसक्दा पनि नेपाल नर्सिङ संघले वेवास्ता गरिरहेको नर्सहरुको आरोप छ ।

अनसनरत नर्स शेर्पाले भनिन् ‘हामीले जायज माग राख्दा पनि केन्द्रले हामीलाई झुलाउन खोजिरहेको छ भने अभिभावकजस्तो संघले पनि हामीलाई हेपिरहेको छ ।’ 

‘अहिलेसम्म बस्दै आएको बैठक बसेजस्तो मात्रै गरेको छ, तर कुनै ठोस निर्णय भने हुनसकेको छैन, यसैकारण अनसन बस्न बाध्य भएको हो’, उनले थपिन् । अनसन बसेको दुईदिन बतिसक्दा केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठसहित संघकी अध्यक्ष तारा पोखरेलबाट कुनै किसिमको कुरा नआएको अनसनरत शेर्पाले बताईन् ।

सम्पूर्ण कर्मचारीको प्रतिनिधित्व गर्दै माग पुरा नभएसम्म अनसन जारी राख्ने र आफ्नो हकहीतका लागि संघर्ष गरिरहने उनको दाबी छ । 
संघमा अनसन बसिरहेकी संघकै आजीवन सदस्य बरालले नर्सहरु निर्दोष रहेको र उनीहरुको माग जायज रहेको बताइन् ।

‘नर्सहरु साच्चैनै पीडामा छन्, उनीहरुको माग जायज हुँदाहुँदै पनि बेवास्ता गरिएको छ, उनीहरुको आवाजलाई दबाउन खोजिएको छ’, उनले भनिन् । ‘लामोसमयसम्म नर्सहरुले भोकभोकै आफ्ना माग राख्दै आएपता पनि सुनुवाई नभएपछि उनीहरुको न्यायका लागि अनसन बस्न बाध्य भएको हो’, बरालले थपिन् ।

अस्पताल भित्रकै कर्मचारीलाई बेवास्ता गरेर वैशाख १२ गते राति नै ९६ कोटा खुल्लामा विज्ञापन निकालिएको भन्दै त्यसप्रति पनि केन्द्रमा कार्यरत सम्पूर्ण नर्स  आक्रोशित छन् ।

‘यसरी मनलाग्दी तरिकाले विज्ञापन निकालेर केन्द्रका निर्देशक डा। श्रेष्ठले अनुभवविहीन मानिसको प्रयोगबाट बिरामीलाई मार्न खोजेको होरु ’, उनीहरुको प्रश्न छ ।

सात वर्षदेखि सेवा दिदै आएका नर्सलाई कुनै ढंगबाट पनि नमिल्दो खालको विज्ञापन निकालेर निर्देशक डा.श्रेष्ठले अस्पतालमा आफ्नो मान्छे छिराउन राजनीति गरेको उनीहरुको आरोप छ।

१९ दिनदेखि आन्दोलनरत नर्सहरुले बिरामीलाई सेवा भने दिइनै रहेका छन् ।

Last modified on 2019-05-12 15:14:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts